महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिक सेक्टेम्बरमा सार्वजनिक हुने

  • Technology Khabar | ३१ श्रावण २०७९, मंगलवार

काठमाडौं ।

महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिक भारतमा सेक्टेम्बरमा सार्वजनिक हुने भएको छ। भारतीय बजारका लागि कम्पनीको यो पहिलो एसयूभी हुनेछ।

जसको बिक्री २०२३ को शुरुवातदेखि हुने ड्राइभस्पार्कले उल्लेख गरेको छ।

महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिकको कन्सेप्ट अटो एक्स्पो २०२० मा पेश गरिएको छ। अहिले कम्पनीले उक्त कन्सेप्ट मोडल उत्पादन गर्न लागेको हो।

महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिक विगत केही महिनादेखि भारतीय बजारमा परीक्षण भइरहेको छ। यसको प्रोडक्सन भर्सनको तस्बिरहरु पनि बाहिरिएका छन्। कम्पनीले अगामी वर्षमा थुप्रै इलेक्ट्रिक एसयूभी ल्याउने तयारी गरिरहेको छ। यस्तोमा महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिक पहिलो एसयूभी हुनेछ।

रिपोर्ट अनुसार कम्पनीले एक्सयूभी४०० इलेक्ट्रिक भर्सनको जानकारी अगष्ट १५ दिने तयारी गरेको थियो। तर यस्तो हुन सकेन। पछिल्लो रिपोर्ट अनुसार कम्पनीले सेक्टेम्बरको दोस्रो हप्ता महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिक सार्वजनिक गर्नेछ। तर कम्पनीको तर्फबाट यस विषयको पुष्टि भने भइसकेको छैन।

महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिक महिन्द्रा इलेक्ट्रिक स्केलबेल एण्ड मोड्युलर आर्टिटेक्चर (एमईएसएमए) प्लेटफर्ममा तयार गरिएको छ।

प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया