
काठमाडौं ।
सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ।
उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, यूएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ। साथै, लकर शुल्कमा ७५% छुट प्राप्त गर्न सक्नेछन्।
यसैगरी पहिलो पिओएस कारोबारमा १०% वा अधिकतम रु. ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुनेछ। साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुने जनाएको छ।
प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार