नोकियाका फोनहरु अब इजिप्टमा उत्पादन हुने

  • Technology Khabar | ३० श्रावण २०७९, सोमबार
नोकियाका फोनहरु अब इजिप्टमा उत्पादन हुने

काठमाडौं ।

नोकिया र एटिसलले इजिप्टमा फोन उत्पादन गर्ने सम्झौता गरेको छन्।

एचएमडी ग्लोबल र एटीसाल फर एडभान्स इन्डस्ट्रिजले इजिप्टमा नोकिया-ब्रान्डका फोनहरू उत्पादन गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन्।

यो सम्झौताले चालू वर्षभित्र फिचर फोनदेखि स्मार्टफोनसम्म विभिन्न मोडलका १० लाख मोबाइल उपकरण उत्पादन गर्ने लक्ष्य राखेको छ।

त्यसपछि यसले दोब्बर उत्पादन गर्ने प्रयास गर्ने इजिप्टको सञ्चार मन्त्रालयले घोषणा गरेको छ।

नोकियाका फोन उत्पादन र बिक्रीको अधिकार हाल विश्वभरका लागि एचएमडी ग्लोबलसँग रहेको छ।

प्रकाशित: ३० श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...