भारतीय अपरेटर जियोले सबैभन्दा सस्तो ५जी स्मार्टफोन लन्च गर्ने

  • Technology Khabar | ३० श्रावण २०७९, सोमबार

काठमाडौं ।

भारतीय टेलिकम अपरेटर रिलायन्स जियोले चाँडै नै आफ्नो नयाँ फोन भारतमा लन्च गर्न सक्छ। कम्पनीले यसमा काम गरिरहेको बताएको छ तर फोनको लन्च मिति भने बताएको छैन्।

गत वर्ष २०२१ मा, रिलायन्स जियोले गुगलसँगको सहकार्यमा जियो फोन नेक्स्ट ४जी लन्च गरेको थियो।

अहिले देशमा फाइभजी ल्याउने पहलमा तिव्र गतिमा काम भइरहेकाले अहिले कम्पनी सस्तो फाइभजी फोन ल्याउनमा लागेको भारतीय मिडियाहरुले रिपोर्ट गर्न थालेका छन्।

जियोले आज १५ अगस्त देखि फाइभजी सुरु गर्ने घोषणा गरेको छ।

फाइभजी फोनको सबैभन्दा सस्तो विकल्प हुन सक्ने

यो वर्षको अन्त्यसम्ममा जियो फोन ५जी लन्च गर्न सक्ने बताइएको छ। यो फोन भारु १२ हजार मूल्यमा लन्च हुनसक्ने अपेक्षा गरिएको छ। जियो फोन ५जी फाइभजी खण्डमा सबैभन्दा सस्तो विकल्प हुन सक्छ।

यसैबीच, अर्को रिपोर्ट आएको छ जसमा यो फोनको मूल्य २,५०० रुपैयाँभन्दा कम हुनसक्ने बताइएको छ।

यद्यपि, ५जी स्मार्टफोनको मूल्य यति कम छ भनेर पत्याउन अलि गाह्रो छ। यस्तो अवस्थामा, यो मूल्य जियो फोन ५जी फोनको लागि डाउन पेमेन्ट मान्न सकिन्छ। यस बाहेक यो फोनमा बन्डल्ड डाटा र अनलिमिटेड कलिङ बेनिफिट पनि उपलब्ध हुने बताइएको छ।

जियो फोन ५जीका अपेक्षित फिचरहरू

जियो फोन ५जीमा ६.५ इन्चको एचडी प्लस आईपीएस एलसीडी डिस्प्ले दिइने अपेक्षा गरिएको छ। यसको पिक्सेल रिजोल्युसन १६०० x ७२० पिक्सेल हुन सक्छ।

यो फोन स्न्यापड्रागन ४८० ५जी चिपसेटका साथमा आउन सक्नेछ भने यसमा ४ जीबी र्याम र ३२ जीबी भण्डारण हुनेछ।

फोनमा डुअल रियर क्यामरा सेटअप हुने अपेक्षा गरिएको छ। यसको पहिलो सेन्सर १३ मेगापिक्सेलको हुनेछ साथै २ मेगापिक्सेलको म्याक्रो लेन्स पनि दिइएको छ। सेल्फीका लागि अगाडि ८ मेगापिक्सेल सेन्सर दिइएको छ।

उही ओएस जियो फोन ५जी मा दिइने अपेक्षा गरिएको छ जुन जियो एन्ड्रोइड फोनमा दिइन्छ। यो ओएस गुगलसँगको साझेदारीमा बनाइएको हो।

प्रकाशित: ३० श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया