कारको स्क्रयाच आफैँ ठिक हुने, वैज्ञानिकले बनाए सेल्फ हिलिङ कोट

  • Technology Khabar | ३० श्रावण २०७९, सोमबार

काठमाडौं ।

भर्खरको एक अध्ययन अनुसार पारदर्शी सुरक्षात्मक कोटिङ सामग्री विकसित गरिएको छ। सूर्यको प्रकाशको सम्पर्कमा आएको ३० मिनेटमा आफै ठिक हुन्छ। उक्त अध्ययन अनुसन्धानको निष्कर्ष एसीएस एप्लाइड पोलिमर म्याटेरियल्स जर्नलमा प्रकाशित गरिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

कोरिया रिसर्च इन्सिच्यिूड अफ केमिकल टेक्नोलोजी (केआरआईसीटी)का अनुसन्धानकार्ता डा. जिन चुल किम, डा. योङ इल पार्क र डा. जी यून जियोंगको नेतृत्वले एक पारदर्शी कोटिङ सामग्री बनाएका हुन्।

उक्त सामाग्रीको स्क्रायच सूर्यको प्रकाश उपयोग गरेर स्वयं ठिक हुन्छ। सूर्यको प्रकाशको सम्पर्कमा आएको ३० मिनेटमा विकसित सेल्फ हेलिङ सुरक्षात्मक सामग्रीका उपयोग गरेर स्क्रायचको मर्मत गर्न सक्छ। विकसित कोटिङ सामग्रीको सेल्फ हिलिङ क्षमता प्रदर्शन गर्नका लागि अनुसन्धान दलले एक प्रयोगशाला स्तरीइ मोडल कारको कोट गर्नका लागि एक स्प्रे कोटिङ मेसिन उपयोग गरेका थिए।

मोडल कारलाई दिउँसोको घाममा करिब ३० मिनेट राख्दा पूर्ण रुपमा स्क्रायच हराएको थियो। सेल्फ हेलिङ प्रविधिका लागि विकसित गरिएको सामाग्री सूर्यको प्रकाशको सम्पर्कमा आउँदा सतहको तापक्रम बढ्छ। सूर्यको प्रकाश तापिय ऊर्जामा परिवर्तन हुन्छ।

प्रकाशित: ३० श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया