
काठमाडौं ।
माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई नेपाल पे क्युआर कोड हस्तान्तरण गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले नेपाल पे क्युआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीन बहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन्।
नेपाल पे को क्युआर सेवा सुरु भएसँगै ग्राहकहरुले आफुले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट एम स्मार्ट मार्फत भुक्तानी गर्न सक्नेछन्।
माछापुच्छे बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ ओटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानबाट बैंकिङ सुविधा प्रदान गरिरहेको जनाएको छ।
प्रकाशित: २९ श्रावण २०७९, आईतवार