पीएमडब्ल्यूआईको उपाधी भ्याम्पायरलाई

Technology Khabar २९ श्रावण २०७९, आईतवार

काठमाडौं ।

पब्जी मोबाइल वर्ल्ड इन्भिटेस्नल (पीएमडब्ल्यूआई)को मुख्य इभेन्टको उपाधी थाइल्याण्डको भ्याम्पायर ईस्पोर्टसले जितेको छ। कुल १८ खेलमा सर्वाधिक २२० अंक जोड्दै भ्याम्पायरले उपाधी उचालेको हो। उपाधीसँगै भ्याम्पायरले ५ लाख अमेरिकी डलर पनि जितेको छ।

भ्याम्पायरले ३ चिकेन डिनरसहित १०८ प्लेसमेन्ट प्वाइन्ट र ११२ किल प्वाइन्टका साथ २२० अंक जोडेको हो।

टिम फालकोन्स १९७ अंक सहित दोस्रो स्थानमा रहेको छ। फालकोन्सले ३ चिकेन डिनरसहित १०४ प्लेसमेन्ट प्वाइन्ट र ९३ किल प्वाइन्टसहित दोस्रो बन्न सफल भएको छ। दोस्रो स्थानमा रहन सफल फालकोन्सले ३ लाख अमेरिकी डलर जितेको छ।

तेस्रा स्थानमा साउथ एसियाको प्रतिनिधित्व गर्ने मंगोलियाको स्टलवार्ट ईस्पोर्ट रहेको छ। १८० अंक जोडेको स्टलवार्टले साढे १ लाख अमेरिकी डलर जितेको छ। स्टलवार्टले ९९ प्लेसमेन्ट प्वाइन्ट ८१ किल प्वाइन्ट प्राप्त गरेको छ।

निगमा ग्यालेक्सी चौंथो र डीडब्ल्यूजी केर्आए पाँचौं स्थानमा रहन सफल भएका छन्।

यी पाँच टिमले अब अगष्ट १८ देखि शुरु हुने आफटरपार्टी सोडाउनमा सहभागी जनाउने छन्। आफटरपार्टी सोडाउनका लागि नेपाली टिम डेड र्आगाइजसहित ७ टिम पहिलै छनोट गरिसकिएको छ। मुख्य इभेन्टका शीर्ष ५ टिम र आफटरपार्टीका लागि आमन्त्रित ७ टिमगरी १२ टिमबीच अगष्ट १८ देखि अगष्ट २० सम्म १८ खेल खेलिनेछ।

आफटरपार्टी सोडाउनको पुरस्कार राशी १ मिलियन अमेरिकी डलर राखिएको छ।

प्रकाशित: २९ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया