
काठमाडौं ।
सरकारले फेरी इन्डक्सन चुल्हो किन्न आग्रह गरेको छ।
२०७६ सालमा कोरोनाका कारण लकडाउन हुँदा चीनको सहयोगमा सहजीकरणका लागि इन्डक्सन चुल्हो किन्न सर्वसाधारणलाई आग्रह गरेको थियो।
अहिले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तीन प्रकारका इन्डक्सन चुल्हो किन्न पाइने भएको हो।
बागमती प्रादेशिक कार्यालय थापाथलीबाट तीन हजारदेखि ४ हजार ५ सय रुपैयाँ मूल्यसम्मको इन्डक्सन चुल्हो किन्न पाइने कम्पनीले जनाएको छ।
कम्पनीले इन्डक्सन चुल्हो अल्ट्राटेक यूटीआई २० को प्रतिथान मूल्य ३ हजार रुपैयाँ तोकेको छ। यस्तै मिडिया ब्राण्डको इन्डक्सन चुल्होको मूल्य ४ हजार र इन्डक्सन चुल्हो अल्ट्राटेक यूटीआई २२ को मूल्य ४ हजार ५ सय रुपैयाँ तोकिएको छ।
तोकिएको रकम भ्याटसहित भएको कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ।
बजारमा खाना पकाउने ग्याँसको मूल्यपछि उपभोक्तालाई राहत होस् भनेर विद्युतीय चुल्हो सस्तोमा बिक्री पुनः सुरु गरेको कम्पनीको भनाई छ।
अहिले पनि कोरोनाको कारण २ जनाको मृत्यु ७८१ कोरोना संक्रमितको संख्या बढ्दै गर्दा संयोग मात्र भएको तर ग्याँसको मुल्य बढेकाले सहजका लागि इन्डक्सन चुल्हो किन्न आग्रह गरेको कम्पनीले जनाएको छ।
प्रकाशित: २९ श्रावण २०७९, आईतवार