चीनको सीएटीएलले ७.६ बिलियन डलर लगानीमा हंगेरीमा ब्याट्री प्लान्ट निर्माण गर्ने

  • Technology Khabar | २९ श्रावण २०७९, आईतवार
चीनको सीएटीएलले ७.६ बिलियन डलर लगानीमा हंगेरीमा ब्याट्री प्लान्ट निर्माण गर्ने

काठमाडौं ।

चीनको सीएटीएलले हंगेरीमा ७.३ अर्ब यूरो (७.६ बिलियन डलर) लगानीसहित ब्याट्री प्लान्ट निर्माण गर्ने घोषणा गरेको छ, जुन युरोपको अहिलेसम्मकै सबैभन्दा ठूलो हो।

विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक भेहिकल ब्याट्री निर्माताले विश्वव्यापी अटोमेकरहरूको बढ्दो माग पूरा गर्न तयारी गरिरहेको छ।

सीएटीएलले पूर्वी हङ्गेरियन शहर डेब्रेसेनमा १०० गीगावाट आवर प्लान्टको निर्माण, यसको सबैभन्दा ठूलो विदेशी लगानी, स्वीकृति प्राप्त गरेपछि यो वर्ष सुरु हुने बताएको छ। यो निर्माण गर्न ६४ महिना लाग्ने बताईएको छ।

एक पटक निर्माण भएपछि, यो युरोपको सबैभन्दा ठूलो ब्याट्री सेल प्लान्ट र सीएटीएलको यस क्षेत्रको दोस्रो प्लान्ट बन्ने छ। यसले मर्सिडीज-बेन्ज, बीएमडब्लू, स्टेलान्टिस, फक्सवागनलगायत कार निर्माताहरूका लागि ब्याट्री सेल र मोड्युलहरू बनाउने छ।

सीएटीएलको लगानीले “सीएटीएलको विश्वव्यापी विस्तारमा ठूलो फड्को मार्नेछ”, कम्पनीका संस्थापक र अध्यक्ष जेङ युकुनले एक विज्ञप्तिमा भने।

चिनियाँ कम्पनीले फोर्ड मोटर, लगायतका ग्राहकहरूका लागि सन् २०२६ सम्ममा उत्तरी अमेरिकामा ब्याट्री उत्पादन गर्ने योजनालाई समेत अगाडि बढाउँदैछ।

प्रकाशित: २९ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...