
काठमाडौं ।
भीएलसी मिडिया प्लेयरलाई भारतमा प्रतिबन्ध लगाइएको छ। लाखौं र करोडौं भारतीय प्रयोगकर्ताहरूले वर्षौंदेखि यो मिडिया प्लेयर प्रयोग गर्दै आएका छन्, तर अब उनीहरूले यसलाई प्रयोग गर्न सक्ने छैनन्।
भारतमा पछिल्लो दुई वर्षदेखि प्रतिबन्धको प्रक्रिया सुरु भएको थियो, जुन अझै सकिएको छैन । यसपटक भारतमा भीएलसी मिडिया प्लेयरलाई प्रतिबन्ध लगाइएको छ।
मिडियाहरुको रिपोर्टमा भारतमा करिब २ महिनाअघि भीएलसी मिडिया प्लेयर ब्याण्ड गरिएको भए पनि सरकार वा कम्पनीले यसबारे कुनै जानकारी दिएका थिएनन् ।
रिपोर्टका अनुसार आईटी ऐन, २००० अन्तर्गत भीएलसी मिडिया प्लेयरलाई पनि प्रतिबन्ध लगाइएको छ। यदि भारतमा अहिले भीएलसी मिडिया वेबसाइट खोल्दा स्क्रिनमा आई एक्ट अन्तर्गत प्रतिबन्धित सन्देश देखिनेछ। तर, अझै पनि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छैन ।
रिपोर्टका अनुसार यो सफ्ट प्रतिबन्ध हो। यदि भीएलसी मिडिया प्लेयर सफ्टवेयर पहिले नै उपकरणमा स्थापित छ भने, यसले अझै पनि काम गर्नेछ, तर यदि यो छैन भने, यसले अब काम गर्दैन। यद्यपि भारतमा वेबसाइट र डाउनलोड लिङ्कहरू प्रतिबन्धित छन्।
यो सेवा भारतका सबै प्रमुख इन्टरनेट सेवा प्रदायकहरू जस्तै एक्टफाइबरनेट, जियो, भोडाफोन आईडीया र अन्य प्लेटफार्महरूमा प्रतिबन्धित गरिएको बताईएको छ।
भारतीय मिडिया रिपोर्टका अनुसार भिएलसी मिडिया प्लेयरलाई प्रतिबन्ध लगाउनुको पछाडि चिनियाँ कनेक्सन रहेको बताइएको छ। चिनियाँ ह्याकिङ समूह सिकाडोले भारतमा साइबर आक्रमणका लागि यो भिडियो प्लेयर प्लेटफर्म प्रयोग गरेको थियो।
भारतका साइबर सुरक्षा विज्ञहरूले चिनियाँ ह्याकिङ समूहले भिएलसी मिडिया प्लेयरलाई एक संदिग्ध मालवेयर लोडर फैलाउन प्रयोग गरिरहेकोकेही महिना अघि पत्ता लगाएका थिए। यही कारणले यो प्लेटफर्मलाई भारतमा प्रतिबन्ध लगाइएको दाबी गरिएको छ।
प्रकाशित: २९ श्रावण २०७९, आईतवार