चिनियाँ कमर्शियल क्यारियर रकेट ‘स्मार्ट ड्र्यागन-३’ को ग्राउण्ड परीक्षण पूरा

  • Technology Khabar | २८ श्रावण २०७९, शनिबार
चिनियाँ कमर्शियल क्यारियर रकेट ‘स्मार्ट ड्र्यागन-३’ को ग्राउण्ड परीक्षण पूरा

काठमाडौं ।

चिनियाँ कमर्शियल क्यारियर रकेट स्मार्ट ड्र्यागन-३ ले ग्राउण्ड परीक्षण पूरा गरेको छ।

व्यापारिक प्रयोगका लागि डिजाइन गरिएको चीनको नयाँ क्यारियर रकेट स्मार्ट ड्र्यागन-३ (एसडी-३) ले ठूलो मात्रामा जमिन परीक्षण पूरा गरेको यसका विकासकर्ताले जानकारी दिएको छ।

सोरकेट चाइना रकेट कम्पनी लिमिटेडद्वारा विकसित गरिएको थियो, जुन चाइना एकेडेमी अफ लन्च भेहिकल टेक्नोलोजी (सीएएलभीटी) सँग आबद्ध छ। यो चार चरणको सोलिड प्रोपेलेन्ट क्यारियर रकेट भएको चिनियँ समाचार एजेन्सी शिन्ह्वाले जनाएको छ।

रकेट एसडी शृङ्खलाको सबैभन्दा ठूलो हो र २० ओटासम्म स्याटेलाइट प्रक्षेपण गर्न सक्षम छ। यो लागत-प्रभावी र अत्यधिक अनुकूलनीय छ।

रकेटले फेयरिङ परीक्षणहरू सफलतापूर्वक पार गरिसकेको छ र आफ्नो पहिलो उडान परीक्षण चरणमा प्रवेश गरेको छ। सीएएलभीटीका अनुसार, यसको फेयरिङको डिजाइन र गुणस्तरको विश्वसनीयता पूर्ण रूपमा प्रमाणित गरिएको छ।

प्रकाशित: २८ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २८ श्रावण २०७९, शनिबार