
काठमाडौं ।
शाओमी मिक्स फोल्ड २ चीनमा सार्वजनिक भएको छ।
मिक्स फोल्ड २ कम्पनीको सेकेन्ड जेनेरेसनको फोल्डेबल स्मार्टफोन हो। गत वर्ष सार्वजनिक गरिएको मिक्स फोल्डको उत्तराधिकारीको रुपमा लिइएको छ।
शाओमीको नयाँ फोल्डेबलको प्रतिस्पर्धा सामसङ ग्यालेक्सी जेड फोल्ड ४, ओप्पो फाइन्ड एन, भिभो फोल्ड एक्ससँग हुने गिज्मोचाइनाले उल्लेख गरेको छ।
फिचर
शाओमी मिक्स फोल्ड २ पूर्ववर्ती भन्दा फरक रियर प्यानल डिजाइनका साथ उपलब्ध छ। फोल्ड २ मा होरिजन्टल क्यामरा मोड्युलमा लाइकाको ३ ओटा सेन्सर छ। क्यामरा सेटअपमा ५० मेगापिक्सलको सोनी आइैएमएक्स७६६ प्राथमिक सेन्सर, १३ मेगापिक्सल, अल्ट्रा वाइड एंगल लेन्स र २ एक्स जुम भएको ८ मेगापिक्सलको टेलिफोटो यूनिट छ। यो डिभाइसले ८के भिडियो रेकर्ड गर्न सक्षम छ र डब्ली भिजन एचडीआर फरम्याट रेकडिङ सपोर्ट गर्छ। फोल्डेबल स्मार्टफोनमा भोलूम र पावर बटन दायाँतर्फ छ।
शाओमी मिक्स फोल्ड २ खोल्दा ५.४ एमएम मोटाई हुन्छ। फोल्ड गर्दा ११.२ एमएम हुन्छ। उपकरणको वजन करिब २६२ ग्राम छ।
शाओमी मिक्स मोडलमा ६.५ इन्चको सामसङ ई५ एएमओएलईडी रहेको छ जसले एफएचडी प्लस रिजोल्यूसन र १२० गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्छ। स्क्रिनको सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास भिक्टस दिइएको छ।
डिभाइसमा स्न्यापड्रागन ८ प्लस जेन १ प्रोसेसर छ। १२ जीबी र्याम र १ टीबी स्टोरेजमा उपलब्ध छ।
४५०० एमएएच ब्याट्रीले ६७ वाट फास्ट चार्ज सपोर्ट गर्छ। शाओमी फोल्ड २ एमआईयूआई १३ मा आधारित एन्ड्रोइड १२ छ।
मिक्स फोड २ कलर ब्ल्यक र गोल्डमा उपलब्ध छ। २५६ जीबी स्टोरेजको मूल्य १३३५ अमेरिकी डलर, ५१२ जीबी स्टोरेजको मूल्य १४८३ अमेरिकी डलर र १ टीबी स्टोरेजको मूल्य १७८० अमेरिकी डलर तोकिएको छ। फोल्डेबल स्मार्टफोनको प्रि–बुकिङ अगष्ट ११ देखि शुरु भएको छ भने बिक्रीका लागि अगष्ट १६ देखि उपलब्ध हुनेछ।
प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार