फाइभजीमा चिनियाँ टेलिकम अपरेटरहरूको ४०० अर्ब चिनियाँ युआन लगानी

  • Technology Khabar | २७ श्रावण २०७९, शुक्रबार
फाइभजीमा चिनियाँ टेलिकम अपरेटरहरूको ४०० अर्ब चिनियाँ युआन लगानी

काठमाडौं ।

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको राजधानी हार्बिनमा बुधबार सुरु भएको २०२२ विश्व फाइभजी कन्भेन्सनअनुसार चिनियाँ टेलिकम अपरेटरहरूले फाइभजीमा ४०१.६ अर्ब युआन (लगभग ५९.४ अर्ब अमेरिकी डलर) लगानी गरेका छन्।

चिनियाँ समाचार एजेन्सी शिन्ह्वाको रिपोर्टअनुसार चीनसँग लगभग १८ लाख ५० हजार ५जी आधार स्टेशनहरू र ४५ करोडभन्दा बढी फाइभजी अन्तिम प्रयोगकर्ताहरू छन्। यी दुबै विश्वव्यापी कुल संख्याको ६० प्रतिशत भन्दा बढी भएको सम्मेलनले भन्यो।

चाइना युनाइटेड नेटवर्क कम्युनिकेसन ग्रुप कम्पनी लिमिटेडका अध्यक्ष लिउ लिहोङकाअनुसार फाइभजी प्रविधिको द्रुत प्रयोगले नयाँ उद्योग र व्यापारका नयाँ मोडहरूको उदय भएको छ। “धेरै चिनियाँ उद्यमहरू हाल ५जी आर एण्ड डी र एप्लिकेसनहरूमा विश्वको नेतृत्व गरिरहेका छन्,” लिउले भने।

“चीनको फाइभजी निर्माणले उल्लेखनीय सफलता हासिल गरेको छ। यसले औद्योगिक इन्टरनेट, स्मार्ट शहरहरू र स्मार्ट गाउँहरूका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ,” चाइनिज एकेडेमी अफ इन्जिनियरिङका शिक्षाविद् वु हेक्वानले भने।

“५जी प्लस सबैद्वारा सबैका लागि” थिममा रहेको तीन दिने सम्मेलनले फाइभजी विकासमा विश्वका नवीनतम उपलब्धिहरू एकसाथ ल्याउने र प्राविधिक तथा औद्योगिक सहयोगका लागि अन्तर्राष्ट्रिय मञ्च निर्माण गर्ने लक्ष्य राखेको छ। यस कार्यक्रमको पहिलो सत्र सन् २०१९ मा बेइजिङमा आयोजना भएको थियो।

प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...