
काठमाडौं ।
स्मार्टफोनको सहज उपलब्धतासँगै मोबाइलबाट डाटा चलाउनेको संख्या बढ्दो क्रममा छ। नेपाल दूरसञ्चार प्राधिकरणको २०७९ बैशाखको एमआईएस रिपोर्ट अनुसार कुल इन्टरनेट प्रयोगकर्तामध्ये ७४.६३ प्रतिशतले मोबाइल डाटाको प्रयोग गर्छन्।
मोबाइलमा रहेको फिचरहरुलाई राम्रोसँग प्रयोग गर्न सकियो भने डाटा बचत गर्न सकिन्छ। हामीले छिटै डाटा सकिने कारणहरू पत्ता लगायौं भने राम्रोसँग इन्टरनेट प्रयोग गरेर, मोबाइलमा धेरै डाटा बचत गर्न सकिन्छ।
यो तपाईसँग धेरै पटक भएको हुनुपर्दछ कि तपाईले एन्ड्रोइड स्मार्टफोनमा डाटा प्याक रिचार्ज गर्नु भएको छ र डाटा केहि दिनमा नै समाप्त हुन्छ। त्यस समयमा तपाईंलाई निकै रिस उठ्नेछ । यति मात्रै होइन, ग्राहक सेवालाई धेरै चोटि कल गरेर, तपाईं गाली पनि गर्नुहुन्छ।
स्मार्टफोनमा डाटा बचत गर्ने तरिका
१. रिस्ट्रिक्ट ब्याकग्राउण्ड डाटाः
एन्ड्रोइड फोनमा धेरै एप्स छन् जुन पृष्ठभूमिमा पनि चल्दछ। यी एपहरूले डाटाको ठूलो मात्रा प्रयोग गर्दछ। यस अवस्थामा, तपाईँ ब्याकग्राउण्डमा चल्ने डाटालाई रिस्ट्रिक्ट अर्थात पुरै बन्द गर्न सक्नुहुनेछ। यसपछि, जतिबेला तपाईं एप खोल्नुहुनेछ त्यसबेला मात्र डाटा प्रयोग हुनेछ, अन्यथा यो बन्द हुनेछ। रिस्ट्रिक्ट ब्याकग्राउण्ड डाटाको अप्सन सेटिंग्स भित्र डाटा यूजेजमा फेला पर्नेछ।
२. म्यानुअल एप अपडेटः
एन्ड्रोइड स्मार्टफोनमा पूर्वनिर्धारित एपहरू स्वत अपडेटमा हुने गर्दछन्। एप लाई स्वतः अद्यावधिकलाई बन्द गर्नुहोस् र म्यानुअल अपडेटमा राख्नुहोस्। तपाईंले प्रयोग गर्नुभएको एपहरू मात्र अपडेट गर्नुहोस्। स्वतः अद्यावधिक सुविधा गूगल प्ले स्टोरको सेटिंग्समा फेला पर्नेछ।
३. कम रिजोलुसनको भिडियोः
अनलाइन भिडियोको चलन निकै बढिरहेको छ। यस्तो अवस्थामा हामी भिडियोको रिजोलुसन उच्च वा कम छ कि छैन हेर्दैनौं। एचडी रिजोलुसन भिडियोहरूले धेरै डाटा खान्छन्। यसैले तपाईँले यी भिडियोहरूलाई वाईफाईमा मात्र चल्नेगरि एपको सेटिङ सेट गर्न सक्नुहुनेछ। यसले जब मोबाइल डाटामा भिडियो स्ट्रिम गर्दै हेर्नुहुन्छ यसले कम रिजोलुसनको भिडियोहरू मात्र देखाउँदछ । यूट्यूबमा यो सुविधा छ। धेरै ब्राउजरसँग तस्विर र भिडियोलाई कम रिजोलुसनमा सेट गर्ने विकल्प पनि हुन्छन्।
४. लाइट संस्करणः
धेरै लोकप्रिय एपहरूको लाइट संस्करण आजभोली उपलब्ध छ। यी एपहरूले धेरै थोरै डाटा खपत गर्दछ। जस्तै फेसबुक लाइट र फेसबुक मेसेन्जर लाइट आदि। तपाईं तिनीहरूलाई प्रयोग गरेर धेरै डाटा बचत गर्न सक्नुहुनेछ। तर त्यस्तो लाइट भर्सनका एपमा तपाईँले फूल भर्सनको जस्तो फिचर भने पाउनुहुन्न्।
५. वेबएप कलिङ्गबाट बच्नुहोस्ः
प्रायः मानिसहरू साधारण कलिङ्गको सट्टा वेब कलिङ्ग गर्छन्। यी कलिङ्ग सेवाहरू अधिक महँगो हुन्छन्। यस अवस्थामा, यदि तपाईँले सामान्य मोबाइल नेटवर्क कलिङ्गमा सहारा लिनुभयो भने यो उत्तम हुन्छ। अन्तर्राष्ट्रिय कलिममा तपाई वेब एपबाट कल गरेर फाइदा लिन सक्नुहुन्छ। यदि त्यहाँ वाईफाई छ भने मात्र तपाई वेबकल्सको सपोर्ट लिनुहोस्।
प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार