
काठमाडौं ।
पब्जी मोबाइलको सर्वाधिक ठूलो पुरस्कार राशीको प्रतियोगिता पब्जी मोबाइल वर्ल्ड इन्भिटेस्नल (पीएमडब्ल्यूआई) २०२२ आजदेखि शुरु हुने भएको छ। प्रतियोगिता साउदी अरबको राजधानी रियादमा आयोजना हुनेछ।
दुई अलग हप्तामा विभाजन गरिएको प्रतियोगता अगष्ट २० सम्म चल्नेछ।
प्रतियोगितामा नेपालको तर्फबाट डेड आई गाइज (डीई)ले सहभागीता जनाउनेछ। समर्थकहरुको भोटिङको आधारमा डीई प्रतियोगिताका लागि छनोट भएको हो।
प्रतियोगिता मुख्य इभेन्ट (पहिलो हप्ता) र आफटरपार्टी सोडाउन (दोस्रो हप्ता) गरी दुई भागमा विभाजन गरी सञ्चालन गरिनेछ। नेपाली टिमले दोस्रो हप्तामा मात्र सहभागीता जनाउने छ।
पहिलो हप्तामा १८ टिम रहेका छन्। पहिलो भागको शीर्ष ५ भित्र पर्ने टिम र दोस्रो हप्ताका लागि रहेका ७ टिमबीच आफटपार्टी सोडाउन खेलिनेछ।
यो प्रतियोगितको कुल पुरस्कार राशी ३ मिलियन अमेरिकी डलर अर्थात ३८ करोड २ लाख २० हजार रुपैयाँ रहेको छ।
पहिलो हप्ताको कुल पुरस्कार राशी २ मिलियन र दोस्रो हप्ताको पुरस्कार राशी १ मिलियन अमेरिकी डलर रहेको छ।
प्रतियोगितमा प्रथम हुने टिमले ५ लाख अमेरिकी डलर प्राप्त गर्नेछन्। भने दोस्रो हुने टिमले ३ लाख अमेरिकी डलर र तेस्रो हुने टिमले १ लाख ६० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। बाँकी रकम सहभागी टिमले प्राप्त गर्ने स्थानको आधारमा बाँडफाँड गरिनेछ।
प्रतियोगिता नेपाली समयअनुसार साँझ ४ः४५ मा शुरु हुनेछ। मुख्य इभेन्ट अगष्ट ११ देखि अगष्ट १३ सम्म र आफटरपार्टी सोडाउन अगष्ट १८ देखि अगष्ट २० सम्म खेलिने छ। नेपाली टिमको खेल हेर्नका लागि अगष्ट १८ कुनु पर्ने हुन्छ।
मुख्य इभेन्ट सहभागी टिम


आफटरपार्टी सोडाउन सहभागी टिम

प्रकाशित: २६ श्रावण २०७९, बिहीबार