टेस्लाको पूर्ण स्वचालित ड्राइभिङ मोड सडकमा बालबालिकाको लागि असुरक्षित !

  • Technology Khabar | २६ श्रावण २०७९, बिहीबार
टेस्लाको पूर्ण स्वचालित ड्राइभिङ मोड सडकमा बालबालिकाको लागि असुरक्षित !

काठमाडौं ।

टेस्लाको इलेक्ट्रिक कारको सुरक्षा विशेषताहरू फेरि एक पटक प्रश्नको घेरामा परेका छन्। ट्विटरमा एउटा भिडियो सेयर गरिएको छ, जसमा टेस्लाले आफ्नो सेल्फ ड्राइभिङ टेस्टमा ड्राइभिङ गर्दा बच्चाको आकारको पुतलीको माथि चढेको दाबी गरेको छ।

सो परीक्षण सुरक्षा अभियान समूह डन प्रोजेक्टद्वारा गरिएको थियो, जसमा टेस्लाको पूर्ण स्वचालित ड्राइभिङ (एफएसडी) बिटा सफ्टवेयरको नवीनतम संस्करण सडकमा स्थिर डमीको उपस्थिति पत्ता लगाउन असफल भयो।

एड्भोकेसी समूहले तयार पारेको सो भिडियो अब टिभी विज्ञापनको रूपमा प्रसारण भइरहेको छ जसमा टेस्ला एफएसडीमा पूर्ण प्रतिबन्ध लगाउन माग गरिएको छ । यो त्यसबेलासम्म प्रसारित हुनेछ “जबसम्म यसले बच्चाहरूलाई कुचल्ने छैन् भन्ने इलन मस्कले प्रमाणित गर्दैनन्।”

क्यालिफोर्नियामा परीक्षण ट्र्याकमा “नियन्त्रित अवस्था” अन्तर्गत उक्त परीक्षण गरिएको थियो।

भिडियोले अरू कुनै अवरोधहरू बिना, टेस्ला मोडल ३ सडकको अन्त्यमा बच्चाको आकारको डमीसँग ठोक्किएको देखाउँछ। परीक्षण एक पेशेवर परीक्षण चालकद्वारा आयोजित गरिएको थियो जसलाई कोनको दुई रेखाहरू बीच औसत ४० किमी प्रति घण्टाको गतिमा ड्राइभ गर्ने जिम्मेवारी दिइएको थियो।

एक ब्लग पोस्टमा, डन प्रोजेक्टले भन्यो, “पूर्ण सेल्फ-ड्राइभिङ बीटा सफ्टवेयरको नवीनतम संस्करण (१०.१२.२) का साथ रहेको हाम्रो टेस्ला मोडेल ३ ले बारम्बार डमीलाई यसरी हान्यो कि त्यो बच्चाहरुको लागि घातक हुनेछ।”

द गार्डियनकाअनुसार, वकालत समूहका संस्थापक ड्यान ओ’डाउडले पनि एफएसडी सफ्टवेयरलाई “घातक प्रविधि” भनेर वर्णन गरेका छन्। उनले १ लाख भन्दा बढी टेस्ला चालकहरूले पहिले नै सार्वजनिक सडकहरूमा कारको पूर्ण स्वचालित ड्राइभिङ मोड प्रयोग गरिसकेका छन्, जसले देशभरका समुदायका बालबालिकाहरूलाई “ठूलो जोखिम” मा परेको बताए।

टेस्लाले यसको सेल्फ-ड्राइभिङ टेक्नोलोजी कार चालक वा अन्य सडक प्रयोगकर्ताहरूको सुरक्षाको ग्यारेन्टी गर्न धेरै कम विकसित भएको दाबीलाई अस्वीकार गर्दै आएको छ।

प्रकाशित: २६ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...