आईफोन १४ सार्वजनिक हुँदै

Technology Khabar २५ श्रावण २०७९, बुधबार

आईफोन १४ सार्वजनिक हुँदै

काठमाडौं ।

एप्पलको नयाँ स्मार्ट आईफोन १४ छिट्टै बजारमा आउने भएको छ।

आगामी सेप्टेम्बरमा आईफोन १४ विश्व बजारमा देखिदा ग्राहकहरूका लागि नयाँ अवसर हुने सोसल मिडिएटर म्याक्स वेइनबचलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

गत वर्ष सेप्टेम्बरमै आईफोन १३ बजारमा आएको थियो।
कम्पनीको वेभसाइडमा भने आईफोन १४ बजारमा देखिने मिति घोषणा नभएको समाचार माध्यमहरूले जनाएका छन्।

अमेरिकाका सामाजिक अभियानकर्ताहरूले विभिन्न कम्पनी तथा उत्पादकहरूको बारेमा चर्चा गर्ने गछन्। जस अन्तर्गत वेइनबचन पनि एक हुन्। उनले आईफोन र एप्पलका अन्य उत्पादनसम्बन्धी विभिन्न जानकारी सञ्चार माध्यममा दिने गरेका छन्।

यस वर्ष आईफोन १४ मोडलमा आईफोन १४, आईफोन १४ म्याक्स, आईफोन १४ प्रो, आईफोन १४ प्रो म्याक्स आउने अपेक्षा गरिएको छ।

Sajilo Visa

प्रकाशित: २५ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार