मतदाता नामावली इमेल र फ्याक्सबाट सच्याउन पाइने

  • Technology Khabar | २५ श्रावण २०७९, बुधबार
मतदाता नामावली इमेल र फ्याक्सबाट सच्याउन पाइने

काठमाडौं ।

मतदाता नामावलीमा नाम दर्ता गर्दा कुनै त्रुटि भए सच्याउन पाइने भएको छ।

सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालबाट हुँदै आएको मतदाता नामावली संकलन कार्य स्थगित भएपनि सच्चाउने पाईने भएको हो।

मतदाता नामावलीमा २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष पूरा भएको उमेर हुनुपर्नेछ।

योसँगै आफ्नो विवरणमा कुनै वडा, गाउँ, टोल वा कुनै अरू विवरण गलत भए वा छुट भए इमेल तथा फ्याक्स प्रविधिबाट जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन पाईने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

सच्चाउने निवेदन भदौ २ गते बिहिबारसम्मको समयसिमा रहेको छ।

नामावली सच्चाईपछि निर्वाचन आयोगले संकलित मतदाता नामावलीलाई अद्यावधिक गर्ने तथा दाबी विरोधको प्रक्रिया भदौ १२ देखि १९ गतेसम्मलाई समय छुट्टाएको छ।

योसँगै पायक पर्ने स्थलमा नाम सार्न निवेदन दिन सकिने समेत व्यवस्था निर्वाचन आयोगले गरेको छ।

सबै व्यवस्था पूरा भएपछि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगको तयारी छ।

प्रकाशित: २५ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार