
काठमाडौं ।
स्मार्टफोन उत्पादक ओप्पो र वानप्लस जर्मनीमा प्रतिबन्धित भएका छन्। नोकियाले ओप्पो विरुद्ध पेटेन्टको मुद्दा दायर गरेपछि जर्मनीको म्युनिखको एक अदालतले शुक्रबार ओप्पो र वाप्लस ब्रान्डको बिक्रीमा प्रतिबन्ध लगाएको गिजचाइनाले उल्लेख गरेको छ।
प्रतिबन्ध लगत्तै ओप्पोले जर्मन वेबसाइटबाट आफ्ना स्मार्टफोनहरु हटाइरहेको छ। वानप्लस अनलाइन स्टोरले फोन बिक्री रोकेको छ।
ओप्पो जर्मनीको वेबसाइट अनुसार, ‘यहाँ हाम्रो वेबसाइटमा हाल कुनै उत्पादनको जानकारी छैन। प्रयोगकर्ताहरुले बिना प्रतिबन्ध ओप्पो उत्पादनहरु प्रयोग जारी राख्न सक्छन्, सपोर्ट प्राप्त गर्न सक्छन्, र भविष्यमा सबै अपडेटहरु पनि प्राप्त गर्न सक्छन्।’
पेटेन्ट मुद्दाले भिभोलाई पनि असर गर्न सक्छ। नोकियाको विशेष अधिकारी रहेको पेटेन्टमा कम्पनीले भिभो ब्रान्ड माथि पनि मुद्दा दायर गरेको छ।
जर्मनीको पेटेन्ट सम्बन्धि कडा कानुनका कारण नोकियाले दायर गरेको मुद्दामा सफलता प्राप्त गरिरहेको छ।
प्रकाशित: २५ श्रावण २०७९, बुधबार