डिशहोम फाईबरनेट “सुपर डान्सर नेपाल” रियालिटी शोको प्रायोजक

  • Technology Khabar | २४ श्रावण २०७९, मंगलवार
डिशहोम फाईबरनेट “सुपर डान्सर नेपाल” रियालिटी शोको प्रायोजक

काठमाडौं ।

आउने सातादेखी कान्तिपुर टेलिभिजनमा प्रशारण सुरु हुन लागेको “सुपर डान्सर नेपाल” को पावर्डबाई प्रायोजन डिशहोम फाईवरनेटले गरेको छ।साथमा ईन्टरनेट पार्टनर पनि डिशहोम फाईवरनेट नै रहेको छ।

“सुपर डान्सर नेपाल” भारतीय रियालिटी शोको फ्रेन्चाईज प्रोडक्ट हो। “सुपर डान्सर” भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टि.भि. रियालिटी शो हो।

चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शो “सुपर डान्सर नेपाल” को निर्णायकमा भुवन केसी, अभिनेत्री जसिता गुरुङ र कोरियोग्राफर सुरेन्द्र राई रहनेछन्।

आयोजककाअनुसार नेपालभर विभिन्न शहरहरु काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, र नेपालगञ्ज लगायतमा फिजिकल अडिसन सम्पन्न भई सकेको र नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो।

प्रकाशित: २४ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार