रोयल एनफिल्डले इलेक्ट्रिक मोटरसाइकलमा काम गरिरहेको पुष्टि

  • Technology Khabar | २४ श्रावण २०७९, मंगलवार
रोयल एनफिल्डले इलेक्ट्रिक मोटरसाइकलमा काम गरिरहेको पुष्टि

काठमाडौं ।

रोयल एनफिल्डले इलेक्ट्रिक मोटरसाइकल ल्याउने भएको छ। रोयल एनफिल्डका एमडी सिद्धार्थ लालले कम्पनीले इलेक्ट्रिक मोटरसाइकलमा काम गरिरहेको जानकारी दिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

यस अघि पनि मिडियाहरुमा रोयल एनफिल्डले इलेक्ट्रिक मोटरसाइकलमा काम गरिरहेको रिपोर्ट प्रकाशित भएको छ। अहिले एमडी लालले यस विषयको पुष्टी गरेका हुन्।

कम्पनीले इलेक्ट्रिक मोटरसाइकल भन्दा अघि केही ३५० सीसी इन्जिन क्षमताको मोटरसाइकल बजारमा ल्याउने छ। रोयल एनफिल्ड इलेक्ट्रिक मोटरसाइक सन् २०२५÷२६ मा आउने अपेक्षा गर्न सकिन्छ।

रोयल एनफिल्डले पूर्ण रुपमा नयाँ डिजाइन र प्रविधिमा इलेक्ट्रिक मोटरसाइकल विकास गर्नेछ। कम्पनीको मौजूदा मोटरसाइकलमा रेट्रो फिट गरिने छैन। इलेक्ट्रिक मोटरसाइकलका लागि कम्पनीले नयाँ प्लेटफर्ममा काम गरिरहेको छ।

प्रकाशित: २४ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...