
काठमाडौं ।
रिलायन्स जियोले करिब एक हजार शहरमा फाइभजी सेवा शुरु गर्ने तयारी गरेको छ। कम्पनीले भारतमा विकसित गरिएको आफ्नो फाइभजी दूरसञ्चार उपकरण पनि परीक्षण गरेको जागरणले उल्लेख गरेको छ।
रिलायन्स उद्योगको वार्षिक प्रतिवेदनमा भनिएको छ, जियोले आर्थिक वर्ष २०२१/२२ मा शतप्रतिशत स्वदेशी प्रविधिका साथ फाइभजी सेवामा आफूलाई तयार गर्ने दिशामा कदम उठाएको छ।’
हालै भारतको फाइभजी स्पेक्ट्रम लिलामी प्रक्रियामा जियोले सबैभन्दा बढी बोली लगाएको थियो। भारतमा फाइभजी स्पेक्ट्रम १.५ लाख करोडभन्दा बढीमा बिक्री भएको थियो। जियोले मात्र ८८ हजार ७८ करोड रुपैयाँको बोली लगाएको थियो।
रिपोर्ट अनुसार फाइभजी सेवा शुरु गर्ने योजनामा हिट म्याप, थ्रीडी म्याम र रे-ट्रेसिङ प्रयोग गरेर उपभोक्ता खपत र राजश्व सम्भावनलाई आधार बनाइने छ।
प्रकाशित: २४ श्रावण २०७९, मंगलवार