दोस्रो बजारमार्फत खरिद गरिएको सेयर रकम इसेवा मार्फत भुक्तानी गर्न सकिने

  • Technology Khabar | २४ श्रावण २०७९, मंगलवार
दोस्रो बजारमार्फत खरिद गरिएको सेयर रकम इसेवा मार्फत भुक्तानी गर्न सकिने

काठमाडौं ।

सेयर खरिद बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सक्ने भएका छन् । इसेवाको अनुसार हाल यो सेवा ३५ वटाभन्दा बढि ब्रोकरहरुमा उपलब्ध रहेको र केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुने छ।

इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कात्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जनाएको छ । लगानीकर्ताहरुले आफ्नो मोबाईल वा नजिकको इसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर्न सक्नेछन्।

इसेवाका लगानीकर्ताले इसेवामा रहेको टिएमएसमा क्लिक गरी फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ । त्यसपछि कोलाटरोल ९आफुले तिर्ने रकम० उल्लेख गरी पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सक्नेछन् ।

इसेवाका बिजनेस हेड आशिष गौतमले आर्थिक स्वाधिनतातिर लम्किरहेको समाजले सरल र सहज तरिकाले सेयर बजारको दोस्रो बजारमा करोबार गर्न मिल्ने गरी टिएमएसमा इसेवा जोडिएको बताए।

प्रकाशित: २४ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...