गर्भवती र नवजात शिशुका लागि सेवा र परामर्श दिन ‘मेरोमोम्मा’ एप सार्वजनिक

  • Technology Khabar | २४ श्रावण २०७९, मंगलवार
गर्भवती र नवजात शिशुका लागि सेवा र परामर्श दिन ‘मेरोमोम्मा’ एप सार्वजनिक

काठमाडौं ।

बाईनरी गेटवे प्रा.लि.ले ‘मेरो मोम्मा’ एप लन्च गरेको छ। दैनिक जीवनलाई थप सरल र सहज वनाउले क्रममा आजकाल विभिन्न एपहरु बजारमा आउने गरेको अवस्थामा बाइनरीले सोमबार काठमाण्डौमा मेरो मोम्मा नामक एप सार्वजनिक गरेको हो ।

यो एपका बिशेषताहरू गर्भधारण सम्बन्धी जानकारी, गर्भवती अवस्थामा चाहिने सल्लाह, बिज्ञ र सेवा संस्थानहरूको सम्पर्क र ठेगाना, आफुजस्तै अन्य गर्भवती र नवजात शिशुका आमाहरूसंगको अनलाईन समुहका साथै गर्भधान र शिशु सामाग्री किन्नका लागी सरल र सहज अनलाईन पसल रहेका छन्।

गर्भवती महिला र नवजात शिशुहरुको लागी चाहिने सुचनामूलक लेख सम्पर्क ठेगाना विभिन्न उत्पादन तथा सामाग्री बिक्रीका लागी एकिकृत मोबाईल एपको विकास गरि लञ्च गर्ने जमर्को गरेको संस्थापक मध्येका एक रवि अग्रवालले जानकारी दिए। उनकाअनुसार ‘यो एपको एउटा उद्देश्य भनेको गर्भधान गरिरहेका जोडीहरुलाई सही विज्ञ र सहि सूचनासंग जोड्नु नै हो।

“साथै यसको समाधानका लागी काम गर्नु हो। यो एप नवअभिभावकको अनुभवमा आधारित भएकोले सहि सुचना र सहि उत्पादनहरु लक्षित उपभोक्ता समक्ष पुग्ने कुरामा हामी (मेरो मोम्मा) विश्वस्त छौं,” अग्रवालले भने।

गर्भवती तथा नबजात शिशुका अभिभावकको सुन्दर परिवारको परिकल्पनामा साथ दिन आएको यो एप नेपालको बजारमा पहिलो प्रयोग भएको र यसबाट मातृ तथा वाल शिक्षा र स्वास्थ्यसंग सम्बन्धित रहकोले यसबाट सबैलाई लाभ मिल्ने विश्वास गरिएको अर्का संस्थापक आशिश अग्रवालले बताए । खासमा यो अवधारणा आशिश र उनकी श्रीमतिका लागि यस विषयमा आफुले सहि सूचनाको अभाव र चाहिने सामाग्री किन्ने ठाउँको अभावको आफ्नै तितो अनुभवबाट प्रेरित रहको उनले बताए।

कम्पनीले यो एपको उदघाट्न पश्चात सुरुवातमा ग्राहकहरुको लागी निशुल्क ढुवानी, छुट, तथा विभिन्न उपहारहरु पनि प्रदान गर्ने जानकारी दिएको छ।

प्रकाशित: २४ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...