
काठमाडौं ।
भारतको प्रोभिडेन्ट फन्ड (पीएफ) सहभागी २८ करोडभन्दा धेरै खातावालाको एकाउन्ट जानकारी लिक भएको छ। रिपोर्टका अनुसार पीएफ वेबसाइट अगष्टको शुरुवातमा ह्याकिङ भएको थियो।
अमर उजालाका अनुसार युक्रेनको साइबर सिक्योरिटी रिसर्चर बब डायचेन्कोले ह्याकिङको जानकारी दिएको हो।
बबले १ अगष्ट २०२२ मा एक लिंकडिन पोस्ट गरेर यस ह्याकिङको जानकारी दिएको हो। यस डाटा लिकमा यूएएन नम्बर, नाम, वैवाहिक स्थिति, आधार कार्डको सम्पूर्ण जानकारी, लिंग र बैंक एकाउन्ट लगायत महत्वपूर्ण जानकारी रहेको छ।
डायचेन्का अनुसार फरक फरक आईपी एड्रेसबाट उक्त डाटा लिक गरिएको छ। दुबै आईपी माइक्रोसफ्ट याजर क्लाउडमा लिंक थियो।
पहिलो आईपी २८०४७२९४१ र दोस्रो आईपी ८३९०५२४ बाट डाटा लिक भएको छ। हालसम्म ह्याकरको पहिचान नभएको अमर उजालले लेखेको छ। यसका साथै डीएनएस सर्भरको पनि जानकारी प्राप्त भएको छैन।
बब डायचेन्काले यस डाटा लिक सम्बन्धी जानकराी इन्डियर कम्प्युटर इमरजेन्सी रेस्पोन्स टिम (सीईआरटी-आईएन)लाई पनि दिएको छ।
सीईआरटी-आईएनले दुबै आईपी एड्रेस रिपोर्ट प्राप्त भएको १२ घण्टा भित्र बन्द गरेको जानकारी दिएको छ। हालसम्म उक्त ह्याकिङको कसैले पनि जिम्मेवारी लिएका छैनन्।
प्रकाशित: २३ श्रावण २०७९, सोमबार