सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने पक्राउ

  • Technology Khabar | २२ श्रावण २०७९, आईतवार
सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने पक्राउ

काठमाडौं ।

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी दिने तथा अपमान गर्ने व्यक्ति पक्राउ गरेका छन्।

सामाजिक सञ्जालमा नक्कली पार्श्र्वचित्र बनाई लाईभ स्ट्रिमिङ मार्फत आपत्तिजनक अश्लिललता प्रदर्शन गरी महिलालाई मानसिक तनाव दिने एकजनालाई साइबर ब्यूरोले पक्राउ गरेको हो।

सामाजिक सञ्जालबाट मानसिक तनाव, दुःख र हैरानी दिएको आरोपमा कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. ३ का मोहन कुँवरलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ईलाका प्रहरी कार्यालय कपिलवस्तुको सहयोगमा साउन १९ गते गरिएको हो।

कुँवरलाई पाँच दिन म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान कार्य भई रहेको साइबर ब्यूरोले जनाएको छ।

प्रकाशित: २२ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...