
काठमाडौं ।
– किरण अधिकारी
मंसिर ४ गतेका लागि निर्वाचन मिति घोषणासँगै आफू वामपन्थी कि दक्षिणपन्थी भन्ने सहजरुपमा थाहा हुने भएको छ। आफू वामपन्थी कि दक्षिणपन्थी भन्ने जानकारी अब मोबाइल एपबाटै थाहा हुने भएको हो।
काठमाडौं विश्वविद्यालयको संयोजनमा विवेकशील साझा पार्टीको सहभागितामा शनिबार र आइतबार धुलिखेलमा आयोजित ‘आजको वामपन्थ’ विषयक कार्यक्रममा सो एपबारे जानकारी दिइएको हो।
मोबाइलमा ‘वामपन्थी कि दक्षिणपन्थी’ एप डाउनलोड गरि त्यहाँ सोधिएको प्रश्नको उत्तर दिँदै गर्दा अन्तिममा एकातर्फ नजिक भएको देखिने काठमाडौं विश्वविद्यालयका कम्प्युटर, साइन्स एण्ड इन्जिनियरिङ विभाग प्रमुख डा. मनिष पोखरेलले जानकारी दिए।
उनले भने,“अप्रत्यक्ष मानसिक चेकअपका साथै, निकटता, हिमचिम, कुराकानीद्वारा निकटता छुट्ट्याउने भएकाले आफू वामपन्थी कि दक्षिणपन्थी निकट पत्ता लगाउन सकिन्छ, अहिले यो परिक्षणका लागि भएकाले निर्वाचन अघि नै बजारमा एप आउनेछ।”
कार्यक्रममा विवेकशील साझा पार्टीका मिलन पाण्डे, केशव दाहाल र रमेश पौडेल सहभागी भएका थिए।
‘आफू वामपन्थी कि दक्षिणपन्थी निकट के हो? आफैंलाई प्रष्ट नभएपनि तयार भएको एपमा सोधिएको प्रश्नको उत्तर दिँदा ५१ प्रतिशत वामपन्थी र ४९ प्रतिशत दक्षिणपन्थी देखिएको छ, यो राम्रो हो तर यसका लागि सोधिने प्रश्नहरू सबै नेपालीमा भए सर्वसाधारणका लागि सहज हुन्थ्यो,’ उनले भने।
प्रकाशित: २२ श्रावण २०७९, आईतवार