सफ्टवेरिका कलेजको निःशुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कसप

  • Technology Khabar | २२ श्रावण २०७९, आईतवार
सफ्टवेरिका कलेजको निःशुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कसप

काठमाडौं ।

सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरले आयोजना गरेको ‘इथिकल ह्याकिङ र साइबर सेक्युरिटी’ सम्बन्धि निःशुल्क वर्कसप सम्पन्न भएको छ ।

कक्षा ११ र १२ का विद्यार्थीका साथै कक्षा १२ को परिक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थीलाई लक्षित गरि एक दिने कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम अगस्ट ६ तारिखका दिन सफ्टवेरिका कलेजको इ-ब्लकमा सम्पन्न भएको कलेजका इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी विभागीय प्रमुख मनोज तामाङले जानकारी दिए।

‘कार्यक्रममा सिसिआरसी कलेज, नामी कलेज, सेनलरेन्स कलेज, सेनजेभियर कलेज, काथफोर्ड इन्टरन्यासनल कलेज, कान्जिरोवा नेसनल कलेज, एनआइटी, केयमसी लगायत विभिन्न विद्यालयबाट र पासआउट २ सय जना विद्यार्थीहरू सहभागी भएका थिए,’ मनोजले भने, ‘हामीले साइबर सुरक्षाकै विषयलाई जोड दिएर वर्कसप सञ्चालन गरेका थियौँ।’

वर्कसपमा सहभागी विद्यार्थीलाई इथिकल ह्याकिङ र साइबर सेक्युरिटीको परिचय, इथिकल ह्याकिङ र साइबर सेक्युरिटी बिचको भिन्नता, साइबर सेक्युरिटी इन्डस्ट्रीमा भविष्य, इथिकल ह्याकिङ ट्रिक र वेब सेक्युरिटी, पासपोर्ट ट्र्‍याकिङ, नेटवर्क सेक्युरिटीको दुरुपयोग बारे विस्तृत तालिम एवं जानकारी प्रदान गरिएको कलेजले जनाएको छ।

उक्त वर्कसपमा मनोज लगायत कृतिश ढुंगेल, महनराज राजा जिएम, सचिन चौलागाई, विवेक सुवेदी र युफान लिम्बुले तालिम दिएको कलेजले उल्लेख गरेको छ।

प्रकाशित: २२ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार