सामसङले २०२३ सम्ममा भियतनाममा सेमीकन्डक्टर उत्पादन शुरु गर्ने

  • Technology Khabar | २२ श्रावण २०७९, आईतवार
सामसङले २०२३ सम्ममा भियतनाममा सेमीकन्डक्टर उत्पादन शुरु गर्ने

काठमाडौं ।

सामसङले सेमिकन्डक्टरको अन्तर्राष्ट्रिय नेटवर्कलाई बलियो बनाउन कोरिया बाहिर पनि उत्पादन शुरु गर्ने भएको छ। सामसङले भियतनाममा सेमीकन्डक्टर पूर्जा उद्योग खोल्ने भएको भियतनाको सञ्चार माध्यम लाखो डोङले समाचार प्रकाशित गरेको गिजचाइनाले जनाएको छ।

समाचार अनुसार सामसङका रोह ताए-मूनले भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनसँग भेटघाट गरेका थिए। भेटका क्रममा सामसुङ इलेक्ट्रोनिक्सले सन् २०२२ को अन्तिममा वा २०२३ को शुरुवातमा भियतनामको हनोईमा नयाँ रिसर्च एण्ड डेभलपमेन्ट (आरएन्डडी) खोल्ने तयारी गरिरहेको छ। तयारी अनुसार २०२३ को मध्यदेखि भियतनाममा चिप उत्पादन गर्ने र भियतनाममा यसको कम्पोनेन्ट उत्पादन विस्तार गर्ने योजना समेत छ।

सामसङले सेमिकन्डक्टर पार्ट्सका (अर्धचालक चिप ग्रिड) उत्पादनहरूको परीक्षण उत्पादनको लागि नियमहरू तयार पार्दै गरेको तिनीहरू २०२३ जुलाइमा सामसुङको इलेक्ट्रो-मेकानिक्स भियतनामको थाई गुयेन कारखानामा ठूलो मात्रामा उत्पादन हुनेछन्।

भियतनाममा उत्पादन शुरू भएसँगै सामसङको दक्षिणपूर्व एशियाको लागि रिसर्च एण्ड डेभलपमेन्ट आर एन्ड डी केन्द्रका ८५% पूरा हुने कम्पनीले जनाएको छ।

हाल, दक्षिण कोरिया चीन र संयुक्त राज्य अमेरिका पछि भियतनामको तेस्रो ठूलो व्यापार साझेदार हो।

हालसम्म सामसङले २० बिलियन अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ। यो ठूलो लगानी यसको मूल प्रतिबद्धताको लगभग २८ गुणा हो। योसँगै सामसङको इलेक्ट्रोनिक्सले संयुक्त राज्य अमेरिकामा नयाँ चिप फाउन्ड्री पनि निर्माण गर्नेछ, र हालै थप विस्तार भूमिको लागि आवेदन गरेको छ।

सामसङले सन् २०२६ सम्ममा सेमिकन्डक्टर चिप उत्पादन क्षमता तीन गुणा बढाउने दाबी गरेको छ।

प्रकाशित: २२ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...