बारा जिल्लामा साइबर अपराध मुख्य चुनौती

  • Technology Khabar | २२ श्रावण २०७९, आईतवार
बारा जिल्लामा साइबर अपराध मुख्य चुनौती

काठमाडौं ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक गोविन्द्र बोगटीले साइबर अपराध र खुला सीमा अहिलेको मुख्य चुनौती रहेको बताएका छन्।

कलैयामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले चुनावको मिति घोषणासँगै नेपाल प्रहरीमाथि थप जिम्मेवारी पनि थपिएको र त्यही जिम्मेवारी पूरा गर्न अहिलेदेखि नै विशेष कार्यक्रम बनाएर अगाडि बढ्ने उनले बताए।

नयाँ नयाँ प्रकृतिको साइबर अपराधका घटनाहरू दिनानुदिन हुने गरेको र भारतसँग खुला सीमा रहेका कारणले सुरक्षामा सानो गल्तीले ठूलो दुर्घटना निम्त्याउने डरसमेत रहेकाले त्यसको रोकथामको लागि प्रहरीसँग भएको स्रोत साधनहरूलाई अधिकतम उपयोग गरेर नियन्त्रण गर्न प्रहरी लागेको जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: २२ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...