रोबोट बजारमा प्रभुत्व जमाउने योजनामा अमेजन, १.७ बिलियन अमेरिकी डलरमा आईरोबोट किन्यो

  • Technology Khabar | २१ श्रावण २०७९, शनिबार
रोबोट बजारमा प्रभुत्व जमाउने योजनामा अमेजन, १.७ बिलियन अमेरिकी डलरमा आईरोबोट किन्यो
फाइल तस्बिर

काठमाडौं ।

अमेजन रोबोट बजारमा केन्द्रित हुने भएको छ। कम्पनीले यसका लागि रुम्बा रोबोट भ्याकुम निर्माता आईरोबोट प्राप्ति गर्ने सम्झौता गरेको छ।

यो खरिद सम्झौता १.७ बिलियन अमेरिकी डलर बराबरको रहेको इनग्याजेडले उल्लेख गरेको छ। आईरोबोटको सीईओको रुपमा कोलिन एंगल कायम रहनेछन्।

आईरोबोटका सेयरधनीहरु र नियामकहरुको स्वीकृतिका आधारमा दुई कम्पनीको सम्झौताले पूर्णता पाउनेछ।

अमेजन डिभाइस भीपी डेभ लिमले आईरोबोट प्रविधिबाट मानिसहरुले कसरी सफा गर्न भन्ने क्षमता बुझ्न चाहेको बताए। र त्यसबाट उत्पादनहरु आविष्कार गर्न उत्सुक रहेको उनले बताए।

अमेजनले आईरोबोटको नवीन होम उत्पादनहरुको लागि लभावलाई रुचाएको आईरोबोटका सीईओ एंगलले बताए। यो सम्झौता अमेजनका लागि फलदायी हुने उनले विश्वास व्यक्त गरे।

यो मर्जरसँगै आईरोबोटको ३२ वर्षको स्वतन्त्रता सकिएको छ। सन् १९९० मा एमआईटी रिसर्चले कम्पनी स्थापना गरेका थिए। शुरुवातमा कम्पनीले प्याकबोट जस्तै सैन्य रोबोटमा केन्द्रित थियो।

सन् २००२ कम्पनीका लागि महत्वपूर्ण रहेको छ। उक्त समयमा कम्पनील रुम्बा बजारमा ल्याएको थियो। छोटो समयमा रुम्बा लोकप्रिय भयो र सन् २००४ मा लाखौं युनिट बिक्री हासिल गर्न सफल भएको थियो ।

प्रकाशित: २१ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...