आईटी ज्ञान अभावले अमेरिकी बेरोजगारको संख्यामा बढावा

  • Technology Khabar | २१ श्रावण २०७९, शनिबार

काठमाडौं ।

इन्फर्मेसन टेक्नोलोजी (आईटी) ज्ञानको अभावले पछिल्लो समय रोजगारी गुमाउनेको संख्यामा बढावा भएको छ।

अमेरिकाको अनुसन्धान संस्था फेडले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार प्रत्येक समय जागिरबाट डराउनुपर्ने स्थिति कोरोना (कोभिड १९) को लकडाउन र आर्थिक समस्याका कारण बेरोजगारीको बढावा देखिएको सीएनएनले जनाएको छ।

फेड अध्ययन प्रतिवेदन अनुसार आईटीका बारेमा ज्ञान नभएका, ४० वर्ष नाघेकाको संख्यामा बेरोजगार हुनेमा बढोत्तरी भएको हो।

अमेरिकी अर्थतन्त्रमा प्रत्येक महिना ४ लाख ५६ हजार व्यक्तिले रोजगारी पाउने अपेक्षा गरिएपनि गत महिना २ लाख ५० हजार जनाले मात्र पूर्ण रोजगारीमा रहन पाएँ। यि सबैमा प्राविधिक ज्ञान, इन्फरमेसन टेक्नोलोजीद्वारा कार्यलाई सोसल मिडियाद्वारा प्रचार गर्दा कम्पनीलाई फाइदा हुनुका साथै आयमा बढावा भएकाले रोजगारी मिलेको प्रतिवेदनले जनाएको छ।

अमेरिकाको केन्द्रीय बैंकले श्रम बजारलाई माथि उठाउन मन्दीले ल्याएको समस्याले उच्च मुद्रास्फीतिलाई अंगालेकाले रोजगारीमा समस्या भएको हो।

श्रम बजारमा टिक्न र रोजगारी बलियो पार्न अनलाइन प्रविधि मात्र नभएर आईटी प्रणालीमा सहज हुन सबै जनतालाई केन्द्रीय बैंकले सल्लाह समेत दिएको छ।

प्रकाशित: २१ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया