
काठमाडौं ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चिढिएको चीनले अहिले ताइवानको सीमाक्षेत्रमा सैन्य अभ्यास गरिरहदा टेक्नोलोजी बजारमा असर पर्ने भएको छ।
अभ्यासका क्रममा हिजो बिहीबार चीनले ब्यालिस्टिक क्षेप्यास्त्रसमेत प्रहार गरेको छ। सैन्य अभ्यासका क्रममा चीनले यो क्षेप्यास्त्र समुद्रमा प्रहार गर्दा ताइवान पनि अभ्यासमा जाँदा विश्व बजारमा रहेका प्रविधि कम्पनिलाई असर पर्ने बीबीसीले जनाएको छ।
बीबीसीले गरेको स्थलगत रिर्पोटिङ अनुसार सजिलो प्रयोगका लागि आइफोनको माध्यमबाट सूचना आदान प्रदान गर्ने चिप्स ब्राण्ड एप्पलले चीन–ताइवान युद्धले घाटा हुने उल्लेख गरेका छन्।
एप्पलको चिप्स निर्माता कम्पनी टीएसएमसी कम्पनीका प्रमुख मार्क लुईले
चीन–ताइवान भिडन्तले एप्पललाई असर गर्ने र सरकारको राजश्वमा असर पर्ने जनाएका छन्।
हिजो बिहीबार चीनले गरेको सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो अभ्यास भनिएको छ। यसअघि पनि चिनियाँ सेनाको ताइवानको समुद्री क्षेत्रमा लाइभ फायरको अभ्यास गरिरहेको छ। चीनले ताइवानको हवाई र समुद्री मार्गमा नै असर पर्ने गरी सैन्य अभ्यास गरेको हो।
द्वन्दको तयारीका लागि इन्जिन सिस्टम मिसाइललाई चाहिने इन्धन रकेट र जेटमा चीनले प्रयोग गरिरहँदा विस्फोटक हुन सक्ने र एप्पल जस्तै आर्थिकमा सहयोग गर्ने कम्पनी सञ्चालन गर्न असहज हुने चेतावनीसमेत मार्कले दिएका छन्।
प्रकाशित: २० श्रावण २०७९, शुक्रबार