सामसङ स्मार्ट टिभी र मोनिटरमा अमेजन लुना उपलब्ध

  • Technology Khabar | २० श्रावण २०७९, शुक्रबार
सामसङ स्मार्ट टिभी र मोनिटरमा अमेजन लुना उपलब्ध

काठमाडौं ।

सामसङले अमेजन लुना स्ट्रिमिङ आधारित गेमिङ सेवा मार्फत २५० भन्दा बढी खेलहरु उपलब्ध गराएको छ। कम्पनीले यस विषयको बुधबार आधिकारिक घोषणा गरेको टेकक्रन्चले उल्लेख गरेको छ।

उक्त शीर्षकमा गेमहरु सन् २०२२ को सामसङ स्मार्ट टिभी र एम सिरिज स्मार्ट मोनिटरमा उपलब्ध हुनेछ।

कोरियन कम्पनीले यस वर्षको शुरुमा कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस)मा सामसङ गेमिङ हबको घोषणा गरेको छ। कम्पनीले यसलाई जुन ३० देखि आफ्नो स्मार्ट टिभी र स्मार्ट मोनिटरहरुमा रोल आउट गर्न थालेको छ।

टाइजेनबाट सञ्चालित सफ्टवेयरका गेमहरुले पहिले नै एक्सबक्स, एनभीआईडीआई, जीफोर्स नाउ, गुगल स्टेडिया र यूटमकलगायतमा उपलब्ध छ। अमेजन लुना थप भएसँगै प्रयोगकर्ताहरुले एक हजारभन्दा बढी खेल खेल्न सक्नेछन्।

गेमिङ हबबाट खेलाडीहरुले गेमप्लेलाई युट्युब, स्पोटिफाइ र ट्विच एकाउन्टमा कनेक्ट पनि गर्न सक्छन्।

 

प्रकाशित: २० श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २० श्रावण २०७९, शुक्रबार