महँगो कार निर्माता कम्पनी बुगाटी इलेक्ट्रिक स्कुटर बजारमा प्रवेश, शुरुवाती मूल्य ९०० अमेरिकी डलर

  • Technology Khabar | २० श्रावण २०७९, शुक्रबार
महँगो कार निर्माता कम्पनी बुगाटी इलेक्ट्रिक स्कुटर बजारमा प्रवेश, शुरुवाती मूल्य ९०० अमेरिकी डलर

काठमाडौं ।

द्रुत गतिको कार निर्माताका रुपमा परिचित बुगाटी इलेक्ट्रिक दुई ह्वीलर सेगमेन्टमा प्रवेश गरेको छ। बुगाटी महँगो ब्रान्डको रुपमा पनि चिनिन्छ।

बुगाटीले आफ्नो पहिलो इलेक्ट्रिक सवारीको रुपमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको इलेक्ट्रेकले उल्लेख गरेको छ।

बुगाटीले आफ्नो पहिलो ईस्कुटर बुगाटी ९.० सार्वजनिक गर्न बाइटेकसँग साझेदारी गरेको छ। बुगाटी ९.० फोल्ड गर्न मिल्ने स्कुटर हो जसको अधितम गति ३० किलोमिटर प्रति घण्टा रहेको छ।

९०० देखि १२ सय अमेरिकी डलर बिक्री मूल्य रहेको इलेक्ट्रिक स्कुटरको रेञ्ज ३५ किलोमिटर छ।

बुगाटी ९.० हल्का तौल, चम्किलो र फोल्ड गर्न मिल्ने डिजाइनमा उपलब्ध छ। ईस्कुटरको तोल १६ केजीभन्दा कम छ।

ईस्कुटरमा रहेको एलइडी डिस्प्लेले राईड मोड, ब्याट्री क्षमता र रेञ्जको जानकारी दिन्छ। बुगाटी ९.० मा हेडलाइट, टेल लाइट र फ्रन्ट र रियल टर्न सिग्नल दिइएको छ।

प्रकाशित: २० श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ओप्पो प्याड एयर५ आधिकारिक रूपमा सार्वजनिक

  • Technology Khabar
  • २० श्रावण २०७९, शुक्रबार