उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेर फोन गर्न अनुरोध गरेपछि…

  • Technology Khabar | १९ श्रावण २०७९, बिहीबार
उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेर फोन गर्न अनुरोध गरेपछि…
लोकसेवा आयोगको अनामनगरस्थित कार्यालय। फाइल तस्बिर

काठमाडौं ।

कर्णाली प्रदेश लोक सेवा आयोगले लिएको परीक्षामा एक जना परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको भेटिएपछि कारबाहीमा परेका छन्।

यहि साउन ७ गते लिएको स्वास्थ्य सेवाको (अहेव पद) को चौथो तहको परीक्षामा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का नविन कुमार रेउलेले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेर ‘फोन गर्न अनुरोध’ गरेको लेखिएको भेटिएको छ।

उनले वस्तुगत तथा विषयगत उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखी सो नम्बरमा फोन गर्न अनुरोध गरेको भेटिएकोले प्रदेश लोक सेवा आयोगले उनलाई दुई वर्षसम्मका लागि अयोग्य ठहर गरेको छ। ऐनअनुसार उनलाई  आगामी २ बर्षसम्म हुने पदपूर्ति सम्बन्धी सबै विज्ञापनहरुमा उम्मेदवार हुन नपाउने गरी रोक लगाइएको छ।

प्रदेश लोक सेवा आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीकाअनुसार रेउलेले वस्तुगत र विषयगत दुवै उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेका थिए। उनका अनुसार रेउलेलाई प्रदेश लोक सेवा आयोग ऐन, ०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिम कसुर गरेको देखिएको र लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७८ को दफा ३६ को उपदफा (२) को खण्ड (ख) बमोजिम लिखित परीक्षा रद्द गरिएको छ।

प्रकाशित: १९ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार