बायाँ इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

  • Technology Khabar | १९ श्रावण २०७९, बिहीबार
बायाँ इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

काठमाडौं ।

श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण भएको छ।

नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि आज बिहिबार उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि विमानस्थलमै आकस्मिक अवतरण गराइएको नेपालगञ्ज स्टेशनले जनाएको छ।

धुँवा निस्कनुको कारणबारे अध्ययन भइरहेको र बीमान इन्जिनियरद्वारा मेकानिकलको कार्य गरेर मात्र उडान हुने श्री एयरलाइन्सको स्पष्टिकरण छ।

नेपालगञ्जबाट काठमाडौंका लागि आज बिहिबार उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशनले जनाएको छ।

सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार सबै यात्रु सकुशल रहेका छन्। यसअघि पनि श्री एयरलाइन्सको विमानमा खराबी देखिएर केही दिन उडान रोकिएको थियो।

प्रकाशित: १९ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...