इटालीमा गुगललाई ७ लाख ५० हजार जरिवाना

  • Technology Khabar | १९ श्रावण २०७९, बिहीबार
इटालीमा गुगललाई ७ लाख ५० हजार जरिवाना

काठमाडौं ।

इटालीको सञ्चार प्राधिकरणले मंगलबार गुगललाई ७ लाख ५० हजार जरिवाना गरेको छ।

संस्थाले मूल कम्पनी अल्फाबेटको स्वामित्वमा रहेको टेक जायन्ट गुगललाई यसको युट्युब भिडियो प्लेटफर्ममा जुवाको विज्ञापनमा प्रतिबन्धको उल्लंघन गरेको आरोपमा ७ लाख ५० हजार युरो जरिवाना गरेको हो।

इटालीको एजीसीओएमले एक विज्ञप्तिमा यसले विज्ञापन सामग्रीको निर्माता टप एड्सलाई ७ लाख युरो जरिवाना पनि गरेको जानकारी दिएको छ।

प्रकाशित: १९ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार