रोबिनहुडको क्रिप्टो युनिटलाई ३ करोड डलरको जरिवाना

  • Technology Khabar | १९ श्रावण २०७९, बिहीबार

काठमाडौं ।

ट्रेडिङ प्लेटफर्म रोबिनहुडको क्रिप्टो युनिटलाई नियम उल्लङ्घन गरेकोमा अमेरिकामा ३ करोड डलर जरिवाना गरिएको छ। रोबिनहुड माथि एन्टिमनी लान्ड्रिङ, साइबर सुरक्षा र उपभोक्ता संरक्षण नियमहरू उल्लङ्घन गरेको आरोप छ।

न्यूयोर्क डिपार्टमेन्ट अफ फाइनान्सियल सर्भिस (एनवाईडीएफएस) ले फर्मको क्रिप्टो इकाईले कानून पालन र साइबर सुरक्षा जोखिमहरू सम्बोधन गर्न पर्याप्त स्रोतहरू प्रयोग नगरेको रिपोर्ट गरेको गरेको छ। यसका साथै फर्मले धेरै नियामक छानबिनको सामना गरिरहेको छ।

यस सम्बन्धमा, फर्मका एसोसिएट जनरल काउन्सिल चेरिल क्रम्प्टनले रोबिनहुडले आफ्नो कानूनी, नियमन र साइबर सुरक्षा कार्यक्रमहरूलाई बलियो बनाएको बताएका छन्।

यस वर्षको सुरुमा रोबिनहुडले नन-कस्टोडियलको प्रस्ताव गर्ने रिपोर्ट गरेको थियो। यसले ग्राहकहरूलाई वेब ३ मा उनीहरूको क्रिप्टो सम्पत्तिहरूमा पूर्ण नियन्त्रण दिनेछ। यसलाई छुट्टै एपको रूपमा लन्च गरिनेछ। ग्राहकहरूसँग तिनीहरूको क्रिप्टो सम्पत्तिहरूको साँचो हुनेछ र व्यापारको लागि विकेन्द्रीकृत एपहरू (डीएप्स/dApps) पहुँच गर्न सक्षम हुनेछन्। यसका लागि कुनै नेटवर्क शुल्क लाग्ने छैन।

रोबिनहुडले हालसालै बेलायतमा आधारित फिन्टेक एप जिग्लु प्राप्त गर्न सम्झौतामा हस्ताक्षर गरेको छ। जिग्लुले प्रयोगकर्ताहरूलाई ११ विभिन्न क्रिप्टोकरेन्सीहरू किन्न र बेच्नका साथै विदेशमा भुक्तानीहरू गर्न अनुमति दिन्छ।

प्रकाशित: १९ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया