भिभोले भारतमा २२.१ अर्ब भारतीय रुपैयाँ कर छली गरेको आरोप

  • Technology Khabar | १९ श्रावण २०७९, बिहीबार
भिभोले भारतमा २२.१ अर्ब भारतीय रुपैयाँ कर छली गरेको आरोप

काठमाडौं ।

एक भारतीय सरकारी एजेन्सीले चिनियाँ स्वामित्वको भिभो मोबाइललाई २२.१ अर्ब भारतीय रुपैयाँ (२८० मिलियन अमेरिकी डलर) को कर छलेको आरोप लगाएको छ। कर छलीको आरोप चिनियाँ फोन निर्माता विरुद्ध भारतको यो हप्ता दोस्रो भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

भारतको राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले भन्सार शुल्क छली पत्ता लगाएपछि यसले भिभो इन्डियालाई कारण देखाउ सूचना जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कारण देखाउ सूचना भनेको अभियुक्त पक्षले आफूलाई न्याय दिनको लागि औपचारिक माग हो।

डीआरआईको अनुसन्धानले “आयात गरिएका केही वस्तुहरूको विवरणमा जानाजानी गलत घोषणा गरेको सङ्केत गर्ने अपराधी प्रमाणहरू फेला पारेको छ,” विज्ञप्तिमा उल्लेख छ।

मंगलबार नै, डीआरआईले अर्को चिनियाँ फोन निर्माता ओप्पोलाई ४४ अर्ब भारतीय रुपैयाँ शुल्क माग गर्दै कारण देखाउ नोटिस जारी गरेको थियो।

यसैबीच भारतीय  वित्त मन्त्री निर्मला सीतारमणले मङ्गलबार राज्यसभामा सरकारले यसमा नजर राखेको बताएकी थिईन्। चिनियाँ कम्पनीले केही सामानको बारेमा गलत जानकारी दिएको उनले बताइन्, जसमा करिब २ हजार ९८१ करोड रुपैयाँ भन्सार तिर्नु पर्ने उल्लेख गरिन्।

भिभो इण्डियाको भन्सार शुल्क छली र मनी लान्ड्रिंग बारे, वित्त मन्त्रीले संसदमा प्रवर्तन निर्देशनालयले भिभोको १८ सहायक कम्पनीहरुलाई छानबिन गरिरहेको बताईन्। चिनियाँ कम्पनीले स्वेच्छिक रूपमा ६२ करोड भारु जम्मा गरेका छन भने भिभोको मूल कम्पनीले भारतबाहिर १.२५ लाख करोड भारतीय रुपैयाँको बिक्री गरेको मिडियाहरुले उल्लेख गरेका छन्।

प्रकाशित: १९ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...