
काठमाडौं ।
पोर्श इलेक्ट्रिक साइकल निर्माणमा आक्रमक हुने भएको छ। कम्पनीले ईबाइक बजारमा आफ्नो पहुँच विस्तार गर्न पोर्शले थप दुई ओटा नयाँ इलेक्ट्रिक साइकल कम्पनी शुरु गरेको इलेक्ट्रेकले उल्लेख गरेको छ।
अटोमेकर पोर्श र डट कम्पनी पानोक इन्भेष्टमेन्ट बीभीले संयुक्त रुपमा दुई इलेक्ट्रिक साइकल कम्पनी स्थापना गरेका हुन्।
दुई नयाँ कम्पनीहरु मध्येमा पहिलो पोर्श ईबाइक पर्फमेन्स जीएमबीएचको नाममा चिनिनेछ। जसले मोटर, ब्याट्री, ड्राइभ सफ्टवेयर लगायत इलेक्ट्रिक साइकल कम्पोनेन्टको विकासमा मात्र केन्द्रित हुनेछ।
पोर्श ईबाइक पर्फमेन्स जीएमबीएच सम्भवत इलेक्ट्रिक साइकल ड्राइभ निर्माता ‘एफएजेडयूए’द्वारा विकसित प्रविधिमा धेरै निर्भर हुनेछ।
एफएजेडयूएलाई पोर्शले यस वर्षको शुरुवतामा अधिग्रहण गरेको थियो।
दोस्रो कम्पनी पी२ ईबाइक जीएमबीएच हुनेछ। पी२ ईबाइक जीएमबीएचले पोर्श ईबाइक पर्फमेन्स जीएमबीएचद्वारा विकसित ड्राइभ टेक्नोलोजी प्रयोग गरी पूर्ण इलेक्ट्रिक साइकल उत्पादन गर्नेछ।
पोर्श लाइफस्टाइज जीएमबीएच एण्ड कम्पनी केजीका पूर्व सीईओ जान बेकर पोर्श ईबाइक पर्फमेन्स जीएमबीएचको अध्ययन बन्नेछन्।
फोकस बाइक्सका म्यानेजिङ डाइरेक्टर मोरिट्ज फेलेन्स्मिड पी२ ईबाइक जीएमबीएचको अध्यक्ष बन्नेछन्।
कम्पनीद्वारा जारी विज्ञप्तिमा एफएजेडयूए इलेक्ट्रिक साइकल ड्राइभ प्रणाली विकास जारी राखिने छ। पोर्श ब्राण्ड अन्तर्गत शक्तिशाली नयाँ साइकल मोटरहरु उत्पादन गरिनेछ।
कम्पनीले आफ्नै ईसाइकल बनाउनका साथै विश्वभरका अन्य निर्मातहरुलाई पनि प्रविधि उपलब्ध गराउने योजना बनाएको छ।
प्रकाशित: १९ श्रावण २०७९, बिहीबार