अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणका कारण वानप्लस ऐस प्रो सार्वजनिक कार्यक्रम स्थगित

  • Technology Khabar | १८ श्रावण २०७९, बुधबार
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणका कारण वानप्लस ऐस प्रो सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौं ।

वानप्लसले ऐस प्रो सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ। वानप्लसले आज (अगष्ट ३) मा चीनमा ऐस प्रो सार्वजनिक गर्ने तालिका बनाएको थियो।

कम्पनीले कार्यक्रम स्थगित गर्नु पर्ने कारण नखुलाई तथा आगामी मिती घोषणा नगरी एस प्रो सार्वजनिक कार्यक्रम स्थगित गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

वनप्लसको यो घोषणा अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसी ताइवानमा अवतरण गरेपछि आएको हो। चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्दै आएदेखि अमेरिका र चीनबीच तनाव बढ्दै गइरहेको छ।

चीनमा सार्वजनिक कार्यक्रम रद्द गर्ने वानप्लसमा एक्लो ब्रान्ड होइन।

मंगलबार (हिजो) मोटोरालाले आफ्ना रेजर २०२२ र एक्स३० प्रो लन्च कार्यक्रम पनि रद्द गरेको थियो। लेनोभोको स्वामित्वमा रहेको ब्रान्ड नयाँ लन्च मिति घोषणा नगर्नुका साथै रद्द गर्नुको कारण पनि खुलाएको छैन।

यद्यपि यसलाई एसियाली क्षेत्रमा बढ्दो तनावको कारण हुने सक्ने जीएसएमएरिनाले लेखेको छ।

प्रकाशित: १८ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार