चिप अभावमा मारुती सुजुकीको उत्पादन घट्यो

  • Technology Khabar | १८ श्रावण २०७९, बुधबार

काठमाडौं ।

मारुती सुजुकीको उत्पादन घटेको छ। चिप अभावमा उत्पादन घटेको मारुती सुजुकीको सिनियर अधिकारीले जानकारी दिएको आउटलुकइन्डियाले उल्लेख गरेको छ।

सन् २०२२ को दोस्रो त्रैमासमा कम्पनीको उत्पादन ५१ यूनिटले कमी आएको छ। अप्रिल–जुन त्रैमासमा कम्पनीले ४ लाख ६७ हजार ९३१ यूनिट सवारी बिक्री गरेको छ। सेमीकन्डक्टरको अभावका कारण कम्पनीले लक्ष्य अनुसारको उत्पादन हासिल गर्न नसकेको हो।

‘इलेक्ट्रोनिक्स कम्पोनेन्टको अभावले हामीले सिमित मात्रा मात्र उत्पादन गरिरहेका छौं। यो त्रैमास (पहिलो क्वारटमा) ५१ हजार गाडी उत्पादन गर्न सकिएको छैन,’ मारुती सुजुकी इन्डिया (एमएसआई) सीएफओ अजय सेठले भने।

इलेक्ट्रोानिक्स कम्पोनेन्टको सिमित उपलब्धता उत्पादन योजनामा चुनौतीको रुपमा आएको उनले बताए। इलेक्ट्रोनिक्स कम्पोनेन्टको आपूर्ती अवस्था अहिलेसम्म अनिश्चित छ।

उनका अनुसार उपलब्ध सेमीकन्डक्टरबाट कम्पनीको सप्लाई चेन, इन्जिनियरिङ प्रोडक्सन तथा सेल्स टिम उत्पादन मात्र अधिकतम बढाउने काम गरिरहेका छन्।

अपेक्षाकृत रुपमा कम्पनीले उत्पादन गर्न नसके पनि बुकिङ भने उल्लेखनिय रुपमा बढेको छ। रिपोर्टका अनुसार कम्पनीको पेन्डिङ बुकिङ साढे ३ लाख युनिट पुगेको छ।

नयाँ ब्रेजा र ग्रान्ड भिटाराको बुकिङ मात्रै करिब एक लाख युनिट पुगिसकेको छ।

पहिलो त्रैमासमा सामानको बढ्दो मूल्यका कारण कम्पनीको अन्तरिक खर्च बढेको छ। उत्पादन कम हुनुका साथै कम्पनीले मूल्य वृद्धिको पनि सामना गर्नु परेको उनले बताए।

मारुती सुजुकी आफ्नो एसयूभी सेग्मेन्ट पनि मजबुट बनाउने योजनामा काम गरिरहेको छ। अन्य सेग्मेन्टमा जस्तै एसयूभी सेग्मेन्टमा पनि कम्पनी आफ्नो प्रभावलाई बजबुत बनाउन चाहन्छ।

प्रकाशित: १८ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया