जानकी टेक्नोलोजीलाई ‘एक्सिलेन्स फर इन्नोभेसन इन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स अवार्ड

  • Technology Khabar | १८ श्रावण २०७९, बुधबार
जानकी टेक्नोलोजीलाई ‘एक्सिलेन्स फर इन्नोभेसन इन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स अवार्ड

काठमाडौं ।

जानकी टेक्नोलोजी प्रालिलाई ‘एक्सिलेन्स फर इन्नोभेसन इन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स-आइसिटी २०२२’ अवार्ड प्रदान गरिएको छ। मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले जानकी टेक्नोलोजीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

आईसीटी क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन अभ्यासको कदर गर्दै मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयले उक्त पुरस्कार प्रदान गरेको हो ।

जानकी टेक्नोलोजीका संह संस्थापक अरविन्द शाहले प्रतिष्ठित आइसिटी अवार्ड अफ एक्सिलेन्स प्राप्त गर्नु ठूलो सम्मान भएको  बताए। यसले समुदाय र राष्ट्रलाई कसरी प्रोत्साहन पुर्‍याएको भनेर देखाउने उनको भनाइ छ।

प्रकाशित: १८ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...