सामसङ ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मेगापिक्सल क्यामरा हुने

  • Technology Khabar | १८ श्रावण २०७९, बुधबार

काठमाडौं ।

सामसङ ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मेगापिक्सल क्यामरा दिइने भएको छ। सामसङ ग्यालेक्सी एस२३ अल्ट्रा २०० मेगापिक्सल क्यामरा भएको सामसङको पहिलो स्मार्टफोन हुने गिज्मोचाइनाले उल्लेख गरेको छ।

दक्षिण कोरियाली कम्पनीले यसअघि नै २०० मेगापिक्सलको आईएसओसेल एचपी१ र एचपी३ सेन्सर सार्वजनिक गरेको थियो। यद्यपि, यी मध्ये कुनै पनि सेन्सर एस२३ अल्ट्रामा उपलब्ध हुने अपेक्षा गरिएको छैन।

टिपस्टर आइस युनिभर्सका अनुसार एस२३ अल्ट्रामा घोषणा नगरिएको आईएसओसेल एचपी२ क्यामरा सेन्सर राखिनेछ।

टिपस्टरले ग्यालेक्सी एस२३ अल्ट्रामा सार्वजनिक नभएको एचपी२ सेन्सर राखिने उनले दाबी गरेका छन्। एचपी२ सेन्सरको विस्तृत विवरण अहिलेसम्म जानकारीमा आएको छैन।

टिपस्टर चुनका अनुसार सामसङले एचपी२ सेन्सर अल्ट्रा ब्रान्डेड फ्ल्यागसिपमा मात्र प्रयोग गर्नेछ। उनका अनुसार एचपी १ र एचपी ३ क्यामरा सेन्सरहरु ग्यालेक्सी ए सिरिज र चिनियाँ ब्रान्डका स्मार्टफोनहरुमा उपलब्ध हुनेछ।

रिपोर्ट अनुसार ग्यालेक्सी एस्२३ अल्ट्रको मुख्य क्यामरामा आईओएससेल एचपी२ दिइनेछ। यसमा १२ मेगापिक्सलको अल्ट्रा वाइड लेन्स, ३एक्स अप्टिकल जुम भएको १० मेगापिक्स टेलिफोटो क्यामरा र १०एक्स जुम सपोर्ट गर्ने १० मेगापिक्सलको पेरिस्कोप क्यामरा हुनेछ।

प्रकाशित: १८ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार