
काठमाडौं ।
डिशहोमले प्रदान गर्ने सेवाहरु अब नेपालमा उपलब्ध अनलाइन सेवामार्फत रिचार्ज गर्न सकिने भएको छ।
आइएमई पे, इसेवा, खल्ती र प्रभु पेमार्फत डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबरनेट डीटीएच र फाइबरनेट प्लस डीटीएच कम्बो प्याकको रिचार्ज गर्न सकिने भएको हो।
रिचार्ज गर्ने क्रममा आफूले लिएको सेवाबारे बुझेर मात्र रिचार्ज गर्न कम्पनीले अनुरोध गरेको छ। जस्तै, डिसहोम डीटीएच मात्र प्रयोग गरेको भए टीभी सेग्मेन्टमा गएर डिशहोममा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ।
त्यस्तै डिशहोम फाइबरनेट मात्र चलाएको भए इन्टरनेट सेग्मेन्टमा गएर डिशहोम फाइबरनेटमा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ।
त्यस्तै फाइबरनेट र डीटीएच कम्बो प्याकेज लिएको खण्डमा भने टिभी सेग्मेन्टमा गएर डिसहोम कम्बो प्याकेजमा क्लिक गरेर सेवा लिन सकिने कम्पनीले जनाएको छ।
अनलाइन रिचार्जका क्रममा केही समस्या आएमा ग्राहक केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न सकिने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
प्रकाशित: १७ श्रावण २०७९, मंगलवार