
काठमाडौं ।
डिजिटल समयमा वर्ल्ड वाइड वेब (डब्ल्यूडब्ल्यूडब्ल्यू) शब्दबाट धेरै मानिस परिचित छन्। आज अगष्ट १ को दिन डब्ल्यूडब्ल्यूडब्ल्यू स्थापना भएको ३३ वर्ष पुरा छ। अगष्ट १ लाई विश्वभर वर्ल्ड वाइड वेब डेको रुपमा मनाइने गरिन्छ।
वर्ल्ड वाइड वेब कम्प्युटर वैज्ञानिक टिम बर्नर्स लीले सन् १९८९ मा बनाएका थिए। त्यसपछि वेब अर्थात इन्टरनेटको पूरा स्वरुप परिवर्तन भएको छ।
वर्ल्ड वाइड वेबको जन्म कसरी भयो?
सन् १९८९ मा टिम बर्नर्स ली यूरोपियन अर्गनाइजेसन फर न्यूक्लियर रिसर्च (सर्न)मा फेलो रिसर्चरका रुपमा कार्यरत थिए। ली त्यहाँ कम्प्यूटर सिस्टमको इन्फर्मेशन दोस्रो कम्प्यूटरमा पठाउँने गथ्र्ये। उक्त समय सबै सूचना एकै तरिकाबाट उपलब्ध गराउन सके सहज हुने सोच उनमा विकास भयो।
उक्त विषयमा उनले ‘इफर्मेसन म्यानेजमेन्ट-ए प्रपोजल’ नामको रिसर्च पेपर तयार गरे। त्यसपछि पहिलो वेब पेज ब्राउचर अर्थात् वल्र्ड वाइड वेबको जन्म भयो। टिम बर्नर्स ली वर्ल्ड वाइड वेबका जन्मदाता बने।
वर्ल्ड वाइड वेब के हो?
वर्ल्ड वाइड वेबलाई डब्ल्यूडब्ल्यूडब्ल्यू भनिन्छ। अनलाइन प्लेटफर्म अर्थात् इन्टरनेट ब्राउजरको माध्यमबाट डाटा एक्सेज गर्ने सबै तरिका वर्ल्ड वाइड वेब अन्तर्गत पर्छ।
कम्प्यूटरको भाषामा भन्दा वर्ल्ड वाइड वेब अनलाइन कन्टेन्ट वा इन्टरनेट कन्टेन्ट एक हाइपर टेक्स्ट मार्कअप ल्याङगेज (एचटीएमएल) नेटवर्क हो। जसलाई हाइपर टेक्स्ट ट्रान्सफर प्रोटोकल (एचटीटीपी) को माध्यमबाट एक्सेज गरिन्छ।
इन्टरनेट र वर्ल्ड वाइड वेबबीच भिन्नता
धेरै मानिसले इन्टरेट र वल्र्ड वाइड वेब एउटै भएको बुझ्छन्। तर त्यस्तो हैन। वल्र्ड वाइड वेब अनलाइन पेजको समूह हो। भने इन्टरनेट धेरै ठूलो नेटवर्क हो।
जसको माध्यमबाट संसारभरका कम्प्युटर र डिभाइस आपसमा जोडिन्छन्। इन्टरनेट एउटा ठूलो प्लेटफर्म हो वल्र्ड वाइड वेबले यस प्लेटफर्ममा डाटा उपलब्ध गराउँछ।
प्रकाशित: १६ श्रावण २०७९, सोमबार