काठमाडौं ।
गुगल पिक्सेल फोल्ड वा पिक्सेल नोटप्याडको विवरण सार्वजनिक भएको छ। गत वर्षको अन्त्यदेखि गुगलको पहिलो फोल्डेबल फोनको बारेमा लीक रिपोर्टहरू बाहिर आइरहेका छन्।
गुगलको फोल्डेबल फोनको बारेमा जानकारी गुगलको क्यामरा एपको लुकेको आइकनबाट बाहिर आएको हो। यद्यपि फोल्डेबल फोनको बारेमा हाल कम्पनीले कुनै आधिकारिक घोषणा गरेको छैन।
गुगलले भन्दा अघि सामसङ, मोटोरोला, ह्वावे, ओप्पो र शाओमीले फोल्ड गर्न मिल्ने फोन बजारमा ल्याइसकेका छन्। एकै समयमा, धेरै लीक रिपोर्टहरू वनप्लस, भिभो र एप्पलका फोल्डेबल फोनहरूको बारेमा पनि बाहिर आएका छन्।
यो नाममा लन्च हुनसक्ने !
गुगलको पहिलो फोल्डेबल फोनको बारेमा नयाँ रिपोर्ट एन्ड्रोइड पुलिस मार्फत सार्वजनिक भएको छ। यद्यपी फोनको कुनै फिचरको बारेमा भने केही खुलाएको छैन्।
कम्पनीले यसलाई पिक्सेल फोल्ड वा पिक्सेल नोटप्याडको रूपमा लन्च गर्न सक्छ। यसअघिका रिपोर्टकाअनुसार गुगलको फोल्डेबल फोनको डिजाइन सामसङको फोल्डेबल फोन जस्तै हुनेछ।
नयाँ लीक रिपोर्ट अनुसार गुगल पिक्सेल फोल्डको अगाडिको क्यामरालाई ठूलो फोल्डेबल स्क्रिनसँग एकीकृत गरिनेछ। साथै, यसको रियर क्यामरा ब्याक प्यानलमा दिइनेछ। यति मात्र होइन, फोनमा सेकेन्डरी डिस्प्ले पनि दिइनेछ, जसमा अर्को सेल्फी क्यामरा पनि दिइनेछ। गुगलको यो फोल्डेबल फोन अक्टोबरमा लन्च हुने अनुमान गरिएको छ।
प्रकाशित: १६ श्रावण २०७९, सोमबार