आइएमई पे एपको टपअपमा नयाँ क्यासब्याक अफर अध्यावधिक

  • Technology Khabar | १६ श्रावण २०७९, सोमबार
आइएमई पे एपको टपअपमा नयाँ क्यासब्याक अफर अध्यावधिक

काठमाडौं ।

आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे” ले मोबाईल रिचार्जमा नयाँ अफर अध्यावधिक गरिएको छ।

डिजिटल भुक्तानीको लागि मुख्य रोजाईमा पर्दै आएको आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ। यसै सेवामा थप प्रवर्दन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले मोबाईल रिचार्जमा थप २% क्यासब्याकको अफर ल्याएको छ।

आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप–अप गर्दा ५% क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप–अप गर्दा २% क्यासब्याक पनि पाउने कम्पनीले जानकारी दिएको छ।

यस क्यासब्याक अफरलाई अझ रमणिय बनाउन कम्पनीले एक जना भाग्यशाली बिजेतालाई यस अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन पनि उपलब्ध गराउने बताएको छ । सोको निम्ति सेवाग्राहीले महिना भरी कम्तीमा रू. ५० को १० टप–अप गर्नुपर्ने नियम तथा सर्त राखिएको कम्पनीले जनाएको छ ।

प्रकाशित: १६ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...