होन्डुरसको पर्यटकिय शहर सान्ता लुसियामा ‘बिटक्वाइन भ्याली’ शुरु

  • Technology Khabar | १६ श्रावण २०७९, सोमबार

काठमाडौं ।

होन्डुरसको पर्यटकिय शहर सान्ता लुसियामा ‘बिटक्वाइन भ्याली’ परियोजना शुरु भएको छ। सान्ता लुसियामा भ्रमण गर्न आउने पर्यटक र स्थानीय जनताले बिटक्वाइनको माध्यमबाट भुक्तानी गर्न सक्नेछन्।

होन्डुरसको राजधानी टेगुसिगाल्पाबाट २० मिनेटको दुरीमा रहेको सानो पहाडी शहर बिटक्वाइन शहर बनेको एनडीटीभीले उल्लेख गरेको छ।

सान्ता लुसियाका साना तथा ठूला व्यवसायीहरुले क्रिप्टोकरेन्सीलाई भुक्तानीका रुपमा प्रयोग गर्दै आइरहेका छन्। यसबाट पर्यटकहरु आकर्षित हुने उनीहरुको विश्वास छ।

‘यसले थप अवसर सिर्जना गर्नेछ र यो मुद्रा प्रयोग गर्न चाहने मानिसहरुलाई थप आकर्षित गर्नेछ,’ लस रोबल्स सपिङ स्क्वायरका म्यानेजर सेजर एन्डिनोले भने।

बिटक्वाइन भ्याली परियोजनाले ६० व्यवसायहरुलाई प्रारम्भिक रुपमा तालिम प्राप्त गर्न र क्रिप्टोकरेन्सीहरु अपनाउका लागि उनीहरुका उत्पादन र सेवाहरुको बजारीकरण गर्ने लक्ष्य लिएको छ। यी अभ्यासहरुलाई थप उद्यमहरु र नजिकैका क्षेत्रहरुमा फैलाउने योजना बनाइएको छ।

यो अभियान ब्लकचेन होन्डुरस संस्था, ग्वाटेमाला क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्सोर्टियम कोइनकेक्स, होन्डुरसको टेक्नोलोजिकल युनिभर्सिटी र सान्ता लुसिया नगरपालिकाद्वारा संयुक्त रुपमा विकासित गरिएको हो।

प्रकाशित: १६ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया